राज्यलक्ष्मीको पक्षमा ईश्वर पोखरेलको वकालत - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » राज्यलक्ष्मीको पक्षमा ईश्वर पोखरेलको वकालत

राज्यलक्ष्मीको पक्षमा ईश्वर पोखरेलको वकालत

Written By Unknown on Tuesday, December 31, 2013 | 10:25 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

'यो विक्री भएको पद होइन, उहाँ हामीसित नजिक हुनुहुन्थ्यो'

एमाले महासचिव ईश्वर पोखरेलले समानुपातिक सभासद राज्यलक्ष्मी गोल्छाको बचाऊ गर्नुभएको छ । उहाँलाई चन्दाका आधारमा सभासद् नबनाइएको र सभासद पद विक्री नगरिएको महासचिव पोखरेलको भनाइ छ ।

lराप्रपा नेपालको समानुपातिक सूचीबाट नाम हटाएर एमालेबाट सभासद बन्न सफल राज्यलक्ष्मी शुरुदेखि नै वैचारिकरुपमा एमाले नजिक रहेको एमाले महासचिव पोखरेलको भनाइ छ । राज्यलक्ष्मी गोल्छाका सम्बन्धमा मंगलबार साँझ बीबीसी नेपाली सेवाका लागि पत्रकार रवीन्द्र मिश्रसँग महासचिव पोखरेलले गर्नुभएको तर्क यस्तो छ :

के समानुपातिक निर्वाचन प्रणाली नेपालको सन्दर्भमा अनुपयुक्त देखिएको हो ?
अहिले जसरी विवादहरु उठिरहेका छन्, यसले के कुरा संकेत गर्छ भने राजनीतिक पार्टीहरुले, राजनीतिक नेतृत्वले निर्वाचन प्रणालीमा प्रयोग गरिएको यो अभ्यासलाई अलिकति फर्केर हेर्नुपर्छ भन्ने त स्वतः देखायो । दोस्रो कुरा, समानुपातिक निर्वाचन प्रणालीलाई अगाडि बढाउने सिलसिलामा राजनीतिक नेतृत्व तहबाट जसरी अलिकति कार्यसम्पादन गरियो, त्यसमा केही कमजोरीहरु रहे भन्ने कुरा त स्वतः देखिएको छ ।

तपाईले राजनीतिक नेतृत्वको कार्य सम्पादनमा पनि अलिकति त्रुटी भएको देखियो भन्नु भो, अब नेकपा एमालेकै कुरा गर्दाखेरि यो कार्यसम्पादन गर्ने एकजना जिम्मेवार व्यक्ति तपाई पनि हुनुहुन्थ्यो, तपाईहरुले राज्यलक्ष्मी गोल्छा उद्योगपतिलाई छानेर युवा नेतृ रामकुमारी झाँक्रीलाई किन छोड्नु भो ?
हामीले विभिन्न समूहबाट प्रतिनिधित्व गराउनुपथ्र्यो । त्यो समूहभित्रबाट नै हामीले प्रतिनिधित्व गराएको हो । जुन एउटा डिफरेन्ट क्लष्टरबाट प्रतिनिधित्व गराउनुपर्ने……

मधेसी महिलाको कोटामा होइन त राज्यलक्ष्मीलाई ?
मधेसी महिलाको कोटाबाट हो उहाँ पर्नुभएको ।

भनेपछि उनीभन्दा पार्टीका लागि योगदान पुर्‍याएका, राजनीतिमा योगदान अन्य महिला भेटिएन ?

होइन । त्यसरी पनि कुनै एउटा व्यक्तिलाई कोही कसैसित तुलना गरेर, जोखेर उनीभन्दा भेटिएनन् भन्ने होइन । विभिन्न सेक्टरको प्रतिनिधित्व गराउने सिलसिलामा उहाँलाई प्रतिनिधित्व गराउने काम भएको हो ।

राज्यलक्ष्मी गोल्छाले कति चन्दा दिएकी छन् नेकपा एमालेलाई ?

यो चन्दा हैन । एमालेलाई उहाँको समर्थन, उहाँहरुजस्तो समुदायको प्रतिनिधित्व गर्ने अगुवा व्यक्ति भएका कारणले उहाँलाई प्रतिनिधित्व गराइएको हो । यो मोलतोल, लेनदेनको कुरा कहीँ कतै भ्रमवश कसैले बुझेको छ भने त्यो गलत हो भन्ने कुरा म खण्डन गर्न चाहन्छु ।

चुनाव अगाडि राज्यलक्ष्मी गोल्छाले कति चन्दा दिएकी थिइन् ?
म यहाँलाई भन्दैछु, त्यो चन्दाको आधारमा प्रतिनिधित्वको कुरा किमार्थ होइन ।

मैले प्रतिनिधित्व त्यसैको आधारमा भयो भनेको होइन । तर, राज्यलक्ष्मी गोल्छाले कति चन्दा दिएकी थिइन् भन्ने जान्ने अधिकार नेपाली जनतालाई छ…..

यस्तो नि, तपाईले जो सोध्नुभयो, नेपाली जनतालाई विल्कुल अधिकार छ । र, नेकपा एमालेले निर्वाचनमा उठाएका चन्दाहरु सबै पारदर्शी ढंगले नेपाली जनतालाई जानकारी गराउने हिसाबले हामी सार्वजनिक गर्छौं ।

तपाईको वेभसाइटका सबै प्रमुख नेताका नामहरु छन्, विभिन्न जानकारी छन् । पारदर्शिताको कुरा गर्नु भो, चन्दाको जानकारी त्यसमा छ कि छैन ?
होइन, हामी हाम्रो केन्द्रीय लेखा परीक्षण आयोग छ, जो विल्कुल महाधिवेशनप्रति जवाफदेही छ । त्यसले विल्कुल यी सबै चिजहरु सार्वजनिक गर्छ ।

तर, तपाई महासचिव, राज्यलक्ष्मी गोल्छाले चन्दा दिएकी थिएन् कि थिइनन् ?

हैन, मलाई त्यो कुरा थाहा भएन । चन्दा विभिन्नसित लिइएको छ र चन्दा दिँदाखेरि हामीले विल्कुल पारदर्शी छ । राज्यलक्ष्मीजीसित चन्दाको आधारमा प्रतिनिधित्व भन्ने कुरा यदि बुझिएको हो भने त्यो होइन भनेर म यहाँहरुलाई भन्छु ।

चन्दा बाहेक उनीसँग नेकपा एमालेको के सम्बन्ध थियो ?
यहाँलाई जानकारीको लागि म भन्न चाहन्छु, जो उहाँका दिवंगत श्रीमान् महेन्द्र गोल्छा जी हिजोदेखि नै एमालेसित उहाँ फ्रेन्ड्ली हुनुहुन्थ्यो ।

आर्थिक रुपमा…..

आर्थिक रुपमा होइन । वैचारिक, भावनात्मकरुपमा पनि उहाँ हामीसित नजिक हुनुहुन्थ्यो ।

अनि श्रीमान् थिए भनेर श्रीमतीलाई तपाईहरुले दायित्व सम्झिनुभयो ?
होइन । श्रीमान् थिए भनेर श्रीमतीलाई दिनुपर्ने दायित्व सम्झिएको होइन । दायित्वको तपाई प्रश्न गर्ने रवीन्द्रजीले श्रीमान् हुँदा स्वतः श्रीमतीहरु परेको प्रकरण हेरिरहनुभएको छ, त्यसमा ध्यान दिनु न ।

त्यसमा पनि प्रश्न त उठिनै राखेको छ, उठ्छन् पनि । तर, अहिले तपाईसँग कुरा गरिराखेको हुनाले एकजना सम्पादकले लेखेको टिप्पणीमा के लेखेका छन् भने सभासद पद विक्रीमा थियो, राज्यलक्ष्मी गोल्छाले किनिन् । पार्टीले राज्यलक्ष्मीहरुलाई सभासद पद बेचेको छ ।

त्यो टिप्पणीलाई म स्वीकार गर्न सक्दिँन । यो विक्री भएको पद होइन ।

अनि तपाईको दलकी सबै जीवन नै एमालेलाई त्यागेकी रामकुमारी झाँक्री, जसले टाउको फुटेर रगत बगाइन् जनआन्दोलनमा, तिनीचाँहि पर्न सक्ने स्थिति रहँदैरहेन ?

हैन, मैले अघि बताइहालें, जुन क्लष्टरबाट प्रतिनिधित्व गर्ने कुरा हो, त्यो जनजाति, महिलाको क्लष्टरबाट पर्ने सिलसिलामा हाम्रो पार्टीमा धेरै त्याग गरेका, धेरै योगदान गरेका, विशिष्ट भूमिका खेलेका थुप्रै महिला साथीहरु हुनुहुन्छ । योग्यभित्रबाट योग्यतम् छनोट गर्ने सिलसिलामा त्यो नपरेको कुरा हुन सक्छ ।

अब यो समानुपातिक प्रणालीलाई सुधार्नुपर्‍यो भने के गर्नुपर्ला ?
हामी राजनीतिक तहमा छलफल गर्छौं । योसित गाँसिएर आएका केही समस्याहरुलाई अब नयाँ ढंगले अध्ययन गर्नुपर्ने जरुरी छ । वास्तवमा यो कोशिष आत्मसमीक्षाको विषय छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger