यौन शिक्षाबारे जनचेतना फैलाउन महिलाहरू सक्रिय - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » यौन शिक्षाबारे जनचेतना फैलाउन महिलाहरू सक्रिय

यौन शिक्षाबारे जनचेतना फैलाउन महिलाहरू सक्रिय

Written By Unknown on Thursday, October 10, 2013 | 1:23 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
तुलसीपुर -दाङ- यौन रोग र एचआइभी सङ्क्रमण रोकथाम गर्ने र यौन शिक्षाबारेमा जनचेतना फैलाउन अहिले दाङका ग्रामीण समुदायमा पनि यहाँका महिलाहरू सक्रिय भएर लागेका छन् ।यौन रोग र एचआइभी/एड्सबाट बच्ने उपाय र समाजमा रहेको गलत बुझाई हटाउने उद्देश्यले आफूहरूले यौन शिक्षा दिँदै गाउँमा हिँड्ने गरेको उनीहरू बताउँछिन् ।यौनका कुरा गर्ने वित्तिकै लाजले मुख छोप्दै छलफल गर्न नै नचाहने पश्चिम दाङको हेकुलीकी पार्वती डिसी अहिले गाउँमा अरुलाई यौन शिक्षाबारे शिक्षा दिँदै हिँड्ने गरेकी छन् ।सामुदायिक वन समितिका कार्यक्रम हुन या महिला समूहका बैठक, विभिन्न सङ्घ संस्थाका कार्यक्रमनै किन नहुन पार्वती सहभागीका बीच यौन रोग, एचआइभी/एड्स र यसबाट बच्ने उपायबारे खुलस्त कुरा गर्छिन् ।

रोग लाग्न नदिन सुरक्षित यौन व्यवहार गर्नुपर्ने, जथाभावी र्सुइहरूको प्रयोग नगर्ने, रगत लिँदा/दिँदा राम्ररी परीक्षण गर्नेलगायतका कुरा भन्न उनी कहिँल्यैपछि पर्दिनन् । साथै कण्डमको प्रयोग, यौन रोग र एचआइभी सङ्क्रमित हुनबाट बचाउने साधन भएको उनी बताउँछिन् ।त्यसै दाङ हेकुलीकी चनचनबती चौधरी पनि यौन रोग र एचआइभी /एड्सबारे अहिले पश्चिम दाङको श्री गाउँमा खुलेर जनचेतना फैलाउने गरिरहेकी छन् । आफूले सुरुमा यौन शिक्षाको विषयमा कुरा सुन्नै हिच्कियाएको उनी अहिले आफ्नो अनुभव सुनाउँछिन- पाको उमेर भएकाहरूसँग अलि लाज लाग्छ, किशोरकिशोरी र महिलाहरू मात्रै भएको ठाउँमा यौन रोग र एचआइभी/एड्सबारे खुलेर नै बताउने गरेको बताउँछिन् । करिब तीन वर्षपहिलेदेखि दाङ प्लसमा आवद्ध चौधरीले आजभोलि काममा जान सहज भएको र आफूलाई पुरुषहरूसँग छलफल गर्ने सहज लागे पनि उनीहरू नै लजाएपछि अप्ठेरो महसुस हुने उनको अनुभव छ । बालबालिकाका आमाहरू भन्दा युवतीहरूले समस्या लुकाउने गरेको उनी बताउँछिन् ।युवतीहरू धेरै कुरा लुकाउँछन्, एक्लै गोप्य ठाउँमा भए मात्र वा रोगले ग्रस्त भएमा मात्र बाध्य भएर कुरा खोल्ने गरेको उनले आफ्नो अनुभव सुनाइन् ।चौधरीले गाउँमा महिला समूहको बैठकमा यौन शिक्षाको विषयमा बताएपछि यौनीबाट सेतो पानी बग्ने समस्याबाट पीडित भएका करिब एक दर्जन महिला पश्चिम दाङको दाङ प्लस टपिङ्ग सेन्टरमा उपचार गराएको पनि बताइन् ।पार्वती र चनचनबती मात्र होइन आजभोलि पश्चिम दाङका एक दर्जनभन्दा बढी महिला ग्रामीण समुदायमा यौन शिक्षा, एचआइभी/एड्सजस्ता रोगको बारेमा खुलेर बहस गरिरहेका देखिन्छन् । यी महिलाहरूले समूहका अगुवा महिलाहरूलाई जम्मा गराएर जनचेतना फैलाउँछन् भने त्यहाँ सहभागी भएका महिलाहरूले अरु महिलाहरूलाई त्यसबारेमा जानकारी गराउने गरेको पनि उनीहरू बताउँछिन् ।

तर विडम्बना यौन शिक्षाको विषयमा र्सवसाधारणलाई बुझाउँदै हिँड्दा कतिपयले गलत किसिमले हेरिदिँदा दुःख लाग्ने र आफूहरूलाई यौन व्यवसायमा संलग्न वा एचआइभी सङ्क्रमित भनेर कतिपयले कुरा काट्ने गरेकोमा उनीहरूको दुःखेसो छ । दाङ प्लस श्रीगाउँ टपिङ्ग सेन्टरकी परामर्शदाता सीता पोख्रेलका अनुसार गोप्यरूपमा मात्र सेन्टरमा परामर्श लिन चाहन्छन् । उनका अनुसार त्यस स्थानमा कार्यालय खुलेको तीन महिनाको अवधिमा ३०० भन्दा बढीले सल्लाह लिइसकेका छन् ।प्रायजसो विदेशबाट फर्किएका महिला पुरुषहरू समस्या बताउन आउने गरेको र केहीमा सक्रमण देखिएको पनि उनले जानकारी दिइन् । उनी भन्छिन्-यौन सिक्षालाई अन्य शिक्षा सरह सहज र खुल्ला बनाई सबैलाई सचेत बनाउन सके यौन रोग र एचआइभी/एड्स नियन्त्रण गर्ने सकिने छ । साथै यौन सर्म्पर्कबाट मात्र यो रोग र्सछ भन्ने भ्रमबाट मुक्त गर्न सके पनि र्सवसाधारण परामर्श लिन र उपचार गर्न सहज रूपमा आउने उनको तर्क छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger