पाइलट बिरामी भएपछि यात्रुले उडाए जहाज - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » पाइलट बिरामी भएपछि यात्रुले उडाए जहाज

पाइलट बिरामी भएपछि यात्रुले उडाए जहाज

Written By Unknown on Friday, October 11, 2013 | 5:03 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 एजेन्सी लन्डन– एक पटक सोच्नुस् त ! तपाई हवाइ यात्रामा हुनुहुन्छ, विमानका पाइलट अचानक विरामी भए के तपाई अब जहाजलाई अवतरण गर्ने हिम्मत गर्न सक्नु हुन्छ? बेलायतको हम्बरसाइड विमानस्थलमा यस्तै भएको छ। उडिरहेको विमानका पाइलट विरामी भएपछी एक यात्रीले जहाजको सफलतापूर्वक अवतरण गर्न सफल भएका छन्।
पाइलट अचानक विरामी भएपछि विमानस्थलमा आपतकालीन सन्देश पठाइएको थियो। यसपछि दुई उडान प्रशिक्षकले जहाजको ककपिटमा बसेका यात्रीलाई विमान तल झार्ने निर्देशन दिएका थिए। ‘यात्रुको उडान सम्बन्धी कुनै अनुभव थिएन तर उनले उल्लेखनीय काम गरे’ हवाइ उडानको प्रशिक्षण दिने राय मरेले भने– ‘वास्तवमा उनले राम्रो अवतरण गरे।’

यात्रीलाई हवाइ जहाजको लेआउट बारे कुनै जानकारी थिएन। ‘रातको समयमा उज्यालो पनि कम थियो एक प्रकारले भन्दा विमान नेत्रहीन भएको थियो’, मरेले भनेका छन्।

जहाज उडाउने यात्रुले यस भन्दा पहिला एक पटक मात्र यात्रीका रुपमा जहाजमा उडान गरेका थिए तर उनले कहिल्यै जहाज उडाएका थिएनन्।

मरेले आपतकालीन अवस्थामा जहाज उडाइरहेका यी यात्रुलाई विमान अवतरण गर्ने प्रक्रिया सिकाइरहेका थिए र उनलाई शान्त रहन आग्रह गरेका थिए।

चौथो कोसिसमा विमान सुरक्षित अवतरण भएपछि विमानस्थलको नियन्त्रणकक्षमा ताली बजेको थियो। विमानले सेनफोट विमानस्थलबाट उडान भरेको थियो। उक्त समयमा विमानमा पाइलट र उनै यात्री मात्र थिए। पाइलटको अवस्थाको बारेमा कुनै जानकारी दिइएको छैन।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger