प्रेमविनाको सेक्स पिडादायी : भवानी राणा - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » प्रेमविनाको सेक्स पिडादायी : भवानी राणा

प्रेमविनाको सेक्स पिडादायी : भवानी राणा

Written By Unknown on Wednesday, September 11, 2013 | 9:33 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

 उपाध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघ

मध्यपश्चिमको नेपालगञ्जबाट पर्यटन व्यवसायमा प्रवेश गर्नुभएकी भवानी राणा हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष पदमा आवद्ध छिन् । काममा व्यस्त भएपनि आफ्नो हसिलो र फुर्तिलो बानीले ४ दशकको उमेर पुगिसक्दा पनि राणा जवान देखिन्छिन् । उनै राणासँग अनलाइनखबरले गरेको रमाइलो कुराकानी:
हिजो-आज तपाईको समय कसरी वितिरहेको छ ?

महासंघको काममा मेरो ९० प्रतिशत समय वितिरहेको हुन्छ । मन्त्री र सचिवहरुकोमा डेलिगेशन लिएर गइरहनुपर्ने हुन्छ । अनि विदेशी डोनर तथा राजदुतहरुसँग मिटिङ भइरहेको हुन्छ । बाहिरबाट आएका उद्योगी-व्यवसायीहरुलाई पनि समय दिनुपर्छ । जिल्लामा आयोजना भएका विभिन्न मिटिङ तथा सभाहरुमा सहभागी हुनुपर्छ । त्यस्तै, घरपरिवार, बिजनेश र सामाजिक कार्यमा पनि त्यत्तिकै समय दिनुपर्छ ।

समय कसरी म्यानेज गर्नुहुन्छ ?

महिलाहरु जसरी भएपनि समय म्यानेज गर्न सक्षम हुन्छन् । पुरुषहरुले बिजनेश सम्हाले भने घरपरिवार अन्य कामहरु सम्हाल्न सकिरहेका हुँदैनन् । नेपाली महिलाहरुले कहिल्लै पनि आफ्नो परिवारलाई खुशी नबनाई बाहिर समय दिन पाउँदैनन् । विभिन्न क्षेत्रमा समय मिलाउन महिलाहरुलाई एकदमै गाह्रो हुन्छ । तर, घरपरिवारमा समझदारी भयो भने समय मिलाउन गाह्रो हुने रहेन्छ । मलाई मेरो श्रीमानले पुरै सहयोग गर्नुभएको छ ।

दौडधुपबीच पनि निकै हँसिली र राम्री देखिनुहन्छ, रहस्य के हो ?

कामको चापका बिच पनि मान्छे हँसिलो र राम्रो देखिन इनर्जी चाहिन्छ । मैले आफुलाई फुर्तिलो र इनरजेटीक राख्न नियमित योगा गर्छु, भगवानको आराधाना गर्छु । भगवान प्रतिको आस्था र भरोसाका कारण पनि ममा इनर्जी आएको होला जस्तो लाग्छ । मलाई भगवानप्रति ठूलो भरोसा छ । सधै फुर्तिलो हँसिलो देखिनुको रहस्य मैले कहिल्लै पनि नकरात्मक सोचाई राख्दिन, सधै पोजेटिभ सोचाइ मात्र राख्छु । कसैले नकरात्मक कुरा गरे भनेपनि म त्यसलाई वास्ता गर्दिन् । त्यसमाथि मेरो परिवार समझदारी पनि छ ।

विवाह कसरी गर्नुभयो ?

मेरो विवाह लभ म्यारिज हो । हामी दुवैको परिवार पहिलादेखि नै नजिक थियो । भारतमा पढ्दा मेरो श्रीमानले मलाई मन पराउनु भएको रहेछ । उहाँले प्रेम प्रस्ताव राख्नुभयो । मैले केही समयपछि उहाँको प्रेम प्रस्ताव स्विकार गरेँ । १/२ वर्ष लभ चक्कर चलेपछि विवाह भयो ।

लभ म्यारिज कत्तिको सफल भइरहेको छ ?

हाम्रो जोडी निकै समझदार छ । हामी जुनसुकै काम गर्दा पनि समझदारीका साथ गर्ने गछौं । हामी एक-अर्कामा पूर्ण विश्वास गर्छौं ।

बाल्यकालमा कस्तो स्वभावकी हुनुहुन्थ्यो ?

बाल्यकालमा म हक्की, चकचके, मिलनसार सबै प्रकारको स्वभाव भएको बच्च थिएँ रे । बुवा आमा भन्नुहन्थ्यो सानोमा म जति चकचके थिएँ, उत्तिकै मिलनसार पनि थिएँ । बुवा-आमालाई भने सानोमा निकै हटाउँथे रे । अहिले पनि मेरो स्वभाव मिलनसार र मेहनत गर्ने नै रहेको छ । सकेसम्म सबैलाई राम्रो गर्नुपर्छ भन्ने सोच्छु । यहि मिलनसार र मेहनती स्वभावका कारण आजको अवस्थासम्म आइपुगेकी हुँ ।

खान लाउनमा कत्तिको शौखिन हुनुहुन्छ ?

म खानका लागि बाँच्दिन, बाँच्नका लागि खान्छु । म खानेकुरामा त्यति शौखिन छैन् । सानैदेखि म खाने कुरामा जोड नदिने स्भावकी थिएँ रे । पहिरनका कुरा गर्दा म अवस्थाअनुसार लगाउने गर्छु । पार्टी तथा सभा-समारोहमा जाँदा सारी लगाउँछु । अन्य बेला कुर्ता र पाइन्ड टिसर्टमै रहन मन लाग्छ । मलाई खाने लगाउने भन्दा पनि फुर्सदको समयमा आफ्नो परिवार तथा साथीभाईसँग समय विताउन र फिल्म हेर्न मन लाग्छ ।

भनेपछि फिल्म निकै हेर्नुहुन्छ ?

हो, मैलै फिल्म खुब हेर्छु । राम्रो फिल्म लागेको छ भने हलसम्मै पुगेर हेर्छु । सानैदेखि मलाई फिल्म निकै मन पथ्र्यौ । अहिले पनि श्रीमान र छोरासँग फिल्म हेर्न हलमा जाने गर्छु । हिन्दी र इङ्िलस फिल्म मलाई बढी मन पर्छ । मलाई हँसाउने फिल्म हेर्न मन लाग्छ । सिरियल पनि भ्याएसम्म हेर्ने गरेकी छु । नेपाली सिनेमा भने त्यति हेर्ने गरेकी छैन् । त्यस्तै, वायोग्राफी पढ्न मन पर्छ ।

मन पर्ने हिरो हिरोइन ?

रणविर कपुर र दीपिका पादुकोण मलाई सबैभन्दा बढी मने पर्ने हिरो हिरोइन हुन् । किनभने, उनीहरु दुबैजना निकै क्यूट देखिन्छन् । नेपाली हिरो राजेश हमाल पनि मन पर्छ । सिनेमा नहेरे पनि नेपाली गीतहरु भने निकै सुन्ने गर्छु । नेपाली गायक गायीकहरुले धेरै राम्रो गाउन सक्छन् । पुराना-पुराना हिन्दी र अंग्रेजी गीतहरु सुन्छु ।

तपाई नेपाली फिल्म त्यति हेर्दिन भन्नुभयो, नेपाली फिल्मलाई हेर्न लायक बनाउन के गर्नुपर्छ जस्तो लाग्छ ?

नेपालमा नेपाली फिल्मको भन्दा हिन्दी फिल्महरुको प्रचार-प्रसार बढी भइरहेको छ । हलहरुले पनि नेपाली भन्दा हिन्दी फिल्महरु प्रर्दशन गर्न खोज्छन् । नेपालीहरुमा हिन्दी फिल्मको प्रंभाव परिसकेको छ । जुन कारण नेपालीहरु आफ्नो देशमा बनेका भन्दा भारतीय फिल्महरु हेर्न रुचाउँछन् । टिभी खोल्दा पनि हिन्दी फिल्म चलिरहेका हुन्छन् । नेपालीहरुलाई हिन्दी फिल्मले नराम्रोसँग गाँजेको छ । अहिले नेपाली फिल्महरुले पनि राम्रो प्रगति गरिरहेका छन भन्ने कुरा सुनिरहेकी छु ।

धेरै क्षेत्रमा लगानी गर्न तम्सिने तपाइले सिनेमा क्षेत्रमा लगानी गर्ने योजना बनाउनुभएको छ कि छैन ?

एकपटक मलाई सिनेमामा लगानी गर्न प्रस्ताव त आएको थियो । तर, प्रपोजल भने आएन् । फिल्मका प्रपोजल आएभने अवस्था हेरेर लगानी गर्न सकिन्छ । फिल्ममा लगानी गरौं भनेर कोही आएको छैन, खाली पर्यटन, कृषि लगाएतका क्षेत्रमा मात्र लगानी गर्न प्रस्ताव आउँछन् ।

फिल्म खेल्न प्रस्ताव आयो कि आएन ?

मलाई अहिलेसम्म अफर आएको छैन् र आउने पनि छैन । प्रस्ताव आयो भने फिल्म खेल्ने नखेल्ने भन्ने विषयमा त्यति बेला नै निर्णय गर्ने हो ।

चाडपर्व कत्तिको मनाउनुहुन्छ ?

चाडपर्व मनाउँछु । महिलाहरुको महान पर्व तीज सिनेमा हेरेर, परिवारसँग रमाइलो गरेर दर खाएर मनाउने योजना रहेको छ । दर खान भने धेरै दिन अगाडीदेखि नै शुरु भइसकेको छ ।

गीत-संगीतलाई मानव जिवनसँग कसरी तुलना गर्नुहुन्छ ?

गीत-संगीत मानव जीवनका लागि अत्यन्तै महत्वपूर्ण पार्ट हो । खासगरी मेरो लागी त गीत-संगीत निकै महत्वपूर्ण पार्ट बनेको छ । दुःख पिडालाई बिर्साइदिएर मनोरञ्जन दिने हुँदा गीत-संगीत दुःख सुखको साथी हो । गीत-संगीतले मानिसलाई ठूलो प्रभाव पारेको हुन्छ ।

जीवन के हो ?

जीवन संघर्ष हो । जीवनमा केही भिन्न काम गरेर समाजमा देखाउनु, समाजलाई केही दिनु नै सार्थक जीवन हो जस्तो लाग्छ । जीवन फर्किएर नआउने हुँदा जे गर्नुछ साँचेर राख्नु हुँदैन् । मैले भगवानमा पनि विश्वास गर्छु । वषौं वर्षको संघर्षपछि मानव जीवन पाइएको हुन्छ रे, यस्तो अवस्थामा केही न केही गोल गरेर देखाउनुपर्छ ।

तपाई त प्रेमको खेलाडी नै हुनुहुँदो रहेछ, तपाईको बिचारमा प्रेम के हो ?

प्रेम विभिन्न किसिमको हुन्छ । संसार नै प्रेममा बाँधिएको छ । यदि प्रेम भएन भने संसार नै रहँदैन होला । मेरो बिचारमा प्रेम भनेको बाँच्ने आधार हो ।

सेक्स के हो जस्तो लाग्छ ?

सेक्स जैविक आवश्यकता हो ।

प्रेम र सेक्सको सम्बन्ध कस्तो हुन्छ ?

सेक्स आवश्यकता हो । कुनै ठाउँमा प्रेम भयो भने सेक्स पनि हुन सक्छ । सेक्स जीवनमा नभई नहुने अत्यावश्यक जैवीक आवश्यकता हो । प्रेम र सेक्सको सम्बन्ध नजिक हुन्छ । प्रेमयूक्त सेक्स आनन्ददायी हुन्छ भने प्रेमबीनाको सेक्स पिडादायी हुन्छ ।

नेपालमा सेक्स छताछुल्ल हुन लागेको छ नी ?

हो, नेपालमा सेक्स नियन्त्रण बाहिर जान थालेको छ । पश्चिमी संस्कृती र सभ्यताले नेपालमा पनि सेक्सलाई सस्तो वस्तुको दर्जामा पुर्‍याइदियो । इन्टरनेटले नेपाललाई ओपन सोसाइटीमा बदलिदियो । मान्छेले भन्थे- थाइल्याण्डमा छोटा-छोटा पहिरन लगाएर हिँड्छन, विकिनी लगाउँछन । तर, मैले त्यहाँ त्यस्तो देखिन, थाइल्याण्डमा भन्दा नेपालमा अझ छोटा लुगा लगाएर युवतीहरु हिँडेको देखिन्छ । नेपालले चाहिने भन्दा नचाहिने कुरामा ठूलो फड्को मारिसकेछ ।

नेपालमा पनि रेड लाइट एरियाको आवश्यकता हो ?

म यस विषयमा सहमत छैन् । मेरो साथी संस्था छ, हामीले यौनलाई सस्तो वस्तु बनाउन हुन्न भन्छौं । अझै पनि नेपाली समाज बाहिरी व्यक्तिसँगको सेक्सलाई स्वीकार गर्दैन् । नेपालमा सेक्सलाई लिगल बनाउन हुँदैन भन्ने मेरो धारणा छ । त्यसले विकृतीहरु बढाउँछ ।

छोटो लुगा लगाउनुलाई के भन्नुहुन्छ ?

पछिल्लो समय नेपाली युवतीहरुमा वेष्टर्न कल्चर हावी भएको देखिन्छ । यो गलत हो । ठाउँ सुहाउँदो पहिरन लगाउनुपर्छ । हुन त के लगाउने, के खाने भन्ने कुरा उनीहरुको व्यक्तिगत कुरा भयो । छोटा लुगा लगाउनु उनीहरुको रहर पनि होला । एक पटक पाइने जीवनमा उनीहरुले रहर पुरा गर्नुपर्छ भन्ने मलाई लाग्छ । तर, त्यो रहर ठाउँ हेरेर पुरा गर्नुपर्छ । जहाँ पायो त्यहाँ छोटा लुगा लगाएमा भद्धा देखिन्छ । छोटा लुगा लगाउँदा आफुलाई वेट राखेर लगाऔं । बावुआमासँग हिँड्दा छोटो लुगा लगाएमा राम्रो देखिदैन् । पहिरनलाई ब्यालेन्समा राख्नुपर्छ भन्ने मेरो मान्यता छ ।

राजनीतिमा कत्तिको रुची छ ?

राजनीतिमा म रुची राख्छु । राजनीतिबाट कोही मान्छे अलग रहन सक्दैन् । म सानैदेखि कि त राजनीतिमा लाग्छु, कि त बिजनेश गर्छु भन्ने सोच्थेँ । अहिलेसम्म कुनै राजनीतिक दलमा संलग्न भने छैन् । पछिल्लो समय कलाकार, बिजनेशम्यान, कर्मचारीहरु पार्टी प्रवेश गर्ने लहर चलेको देखिन्छ । मलाई पनि विभिन्न दलहरुबाट अफर आएको थियो । तर, म अहिले निजी क्षेत्रलाई कसरी उकास्न सकिन्छ भनेर लागिरहेको छु । देश आर्थिक रुपमा सम्पन्न नहुँदासम्म देशको विकास हुन सक्दैन, जनता धनी हुन सक्दैनन् । अहिलेसम्म कुनै पार्टीमा प्रवेश गर्ने योजना बनाएकी छैन, भोलीका दिनमा के हुन्छ अहिले भन्न सकिदैन । राजनीति र आर्थिक क्षेत्रलाई हामीले कहिल्लै पनि छुट्टाउन सक्दैनौं । राजनीतिक दल र आर्थिक क्षेत्र एक सिक्काका दुई पार्ट हुन् ।

श्रीमानको मन नपर्ने बानी ?

श्रीमानको सबैभन्दा मन नपर्ने बानी कुरै नबुझी झडङ्ग रिसाउनुहुन्छ । उहाँको मन पर्ने वानी समझदारी र मायालु हुनुहुन्छ । हामी दुवै समझदारी छौं ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger