यौन मनोविज्ञान मन परेको पुरुषसँग यौनसम्पर्क राख्छु…, - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » यौन मनोविज्ञान मन परेको पुरुषसँग यौनसम्पर्क राख्छु…,

यौन मनोविज्ञान मन परेको पुरुषसँग यौनसम्पर्क राख्छु…,

Written By Unknown on Thursday, August 8, 2013 | 4:07 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
म समाजशास्त्रमा स्नातकोत्तर आधुनिक युवती हुँ। म समाजले बनाएका सबै विधि-विधानमा चल्नुपर्छ भन्ने मान्यता राख्दिनँ। त्यसैले जुन बेला मलाई आफ्नो निर्णय आफैं गर्न सक्छु भन्ने लाग्यो, त्यही बेलादेखि इच्छा लागेका बेला मन परेको पुरुषसँग यौनसम्पर्क राख्छु भन्ने निर्णय गरें। मेरा केही असल केटा साथीहरूलाई म आफू यौनसम्पर्कका लागि खुला भएको बताउँथे। उनीहरू नपत्याउने हिसाबले हेर्थे। म विद्रोही युवती हुँ भन्ने लागे पनि बिना प्रेम अथवा विवाहअघि नै आफ्नो कुमारीत्व गुमाउन तयार छु भन्ने कुरा उनीहरूलाई पत्याउन गाह्रो पथ्यो । यद्यपि उनीहरूले कहिल्यै मुख फोरेनन्। मलाई पनि सम्पर्क गर्ने इच्छा भएन।

केही समयअघि फरक पेसा भएको एक युवकसँग भेट भयो। ऊ साँच्चिकै आकर्षक थियो। सोचें, केटाहरू सबै युवतीलाई प्रेम नगर्न सक्छन्, तर यौनसम्पर्कका लागि आग्रह गर्ने हो भने नाइँ भन्दैनन्। यही सोचअनुसार मैले आफ्नो पाइला अघि बढाएँ। नभन्दै एक महिनाको प्रयासमा म उनीसँग एउटा रिसोर्टसम्म पुग्न सफल भए।

मेरो समस्या यहीँ सुरु भयो। जब रिसोर्टमा ऊसँग मेरो भेट भयो, मेरो नौ नाडी गले। अचानक मेरो विद्रोह कति कमजोर रहेछ भन्ने महसुस गरें। जब हामी वाइन पिउँदै थियौं, म आफूलाई धिक्कारिरहेकी थिएँ। ऊ मैले खोजेजस्तै आकर्षक थियो। कुनै गलत व्यवहार गरिरहेको थिएन। जबकि उसलाई थाहा थियो, मैले उसलाई यहाँ किन बोलाएकी हुँ। अन्त्यमा मैले उसँग यौनसम्पर्क राख्न सकिनँ। म त्यसै फर्किएँ, बरु ऊ मेरो व्यवहारबाट अवाक भयो। यो कस्तो समस्या हो। मैले ऊसँग किन सम्पर्क राख्न सकिन ?


यौन आकर्षण र रमाइलोलाई केले निर्धारण गर्छ? अर्थात् यौन आकर्षणको आदर्श के हो ? कसै-कसैले चलचित्रका नायक-नायिका, मोडल वा काल्पनिक पात्र वा अत्यन्तै कम उमेरका वा औसतभन्दा छरितो वा मोटो वा गोरो वा कालो अथवा अग्लो ब्यक्तित्वलाई आफ्नो यौन आकर्षणको रमाइलो पात्रका रूपमा परिकल्पना गरेका हुन सक्छन्। पुरुषले महिलाको आकर्षक शरीर हेर्लान्। सुडौल शरीर, बदामी आँखा, लामो नाक, सेक्सी ओठ, पुष्ट छाती, छिनेको कम्मर आदि-आदि। त्यस्तै महिलाले पुरुषको सामाजिक प्रतिष्ठा हेर्लान्। झट्ट हेर्दा यस्तो लाग्न सक्छ, यद्यपि यथार्थमा त्यो सही होइन।

कहिलेकाहीं पुरुष वा महिलाले पनि आफूले चाहेको व्यक्तिलाई प्रभाव पार्ने सिलसिलामा चमत्कारिक गफ दिने गरेको वा सवारी साधनको प्रयोगले स्टन्ट दिने गरेको पनि देख्न पाइन्छ। हाम्रो जस्तो मुलुकमा त पहिले-पहिले तन्त्रमन्त्रको कुरा पनि सुनिन्थ्यो। आफूसँग यौनसम्पर्क राख्न नमानेको भनेर हत्या गरिदिनेसम्मका घट्ना पनि हुने गरेका छन। एक-अर्कालाई आकषिर्त गर्ने सिलसिलामा न जबर्जस्तीका क्रियाकलापहरू सफल भएका छन्, न तन्त्रमन्त्र नै।

विगतका अध्ययनहरूले औषत पुरुषहरूले महिलाको शारिरीक सुन्दरतामा ध्यान दिन्छन् भन्ने कुरा दर्साएका थिए, तर पछिल्ला अध्ययनअनुसार आदर्श यौन अथवा यौनको आकर्षण निर्धारणका सन्दर्भमा कुरा गर्दा पुरुष र महिलाका समान धारणा नै पाइएका छन्। उनीहरूका धेरैजसो रुचि तथा प्राथमिकताहरू समान खालका हुन्छन्। हालै गरिएको एक अनलाइन सर्वेक्षणअनुसार दसवटा प्रमुख प्राथमिकतामध्ये नौवटामा पुरुष र महिलाका धारणा करिब-करिब एकै खालका देखिएका छन्। विशेष गरी अमेरिका, बेलायत र अन्य देशका करिब १ लाखभन्दा बढी युवायुवतीबीच गरिएको सर्वेक्षणले त्यस्तो देखाएको हो। तीक्ष्ण, इमान्दार, हँसिलो, सुन्दर अनुहार, दयालु, विश्वासिलो, आकर्षक, राम्ररी बोल्न सक्ने अर्थात् राम्रो सञ्चार क्षमता भएको व्यक्तित्व, महत्व तथा सम्मान दिन सक्ने, उमेर हदजस्ता प्रमुख दस पक्षमा पुरुष र महिलाले समान सोच राख्दा रहेछन् भन्ने ती अध्ययनको निष्कर्ष छ। महिला तथा पुरुष दुवैले आफ्नो यौनसाथीको व्यक्तित्वका यी पक्षमा ध्यान दिने गरेका छन्। पुरुषले महिलाको उमेरमा ध्यान दिने गरेको देखिएको छ भने महिलाले उमेरलाई आफ्नो यौनसाथी छनौटको दस प्रमुख प्राथमिकतामा समावेश गरेका छैनन्, अर्थात् महिलालाई जुनसुकै उमेर समूहले यौनमा खास फरक पार्दैन, तर पुरुषलाई महिलाको उमेरले फरक पार्छ।
स्रोत : इकान्तिपुर साप्ताहिकबाट साभार गरिएको।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger