सेक्सअघि यी चीजहरु नखानुस् है, हानिकारक हुन्छ ! - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » सेक्सअघि यी चीजहरु नखानुस् है, हानिकारक हुन्छ !

सेक्सअघि यी चीजहरु नखानुस् है, हानिकारक हुन्छ !

Written By Unknown on Friday, July 26, 2013 | 7:57 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

विश्वभर सेक्स सधैं एक कौतुहलताको विषय बन्दै आएको छ । सेक्स जीवन सुखमय बनाउने नाममा मानिसहरु जानिनजानी कतिपय अवस्थामा ‘गलत’ तरिका रोज्न पुग्छन्, जसले मानिसको जीवनमै असर पर्न जान्छ ।

राम्रो यौन जीवनका लागि खाद्य पदार्थ (डाइट) को पनि महत्वपूर्ण भूमिका रहँदै आएको छ । जसरी केही डाइटहरुले मानिसको कामोत्तेजना बढाउँछन् भने केही तत्वहरु छन्, जसले मानिसको कामोत्तेजना ह्रास गर्छन् ।

timthumb-6यौन सम्बन्ध अगाडि यी तत्वहरुको सेवनले मानिसको ‘परर्फमेन्स’मा विपरित प्रभाव पर्न सक्छ ।

इनर्जी ड्रिंकः इनर्जी ड्रिंकले कामोत्तेजना बढाउँछ भन्ने भ्रममा कहिल्यै नपर्नुस् । इनर्जी ड्रिंकको सेवनबाट मानिसले उर्जावान त भएको महशुस गर्छन् । तर, यसमा बढी मात्रामा चिनीजन्य पदार्थ हुन्छ, जसले शरीरमा ‘टेस्टोस्टेरोन’का स्तर घटाउँछ ।

यस भन्दा राम्रो घरमै बनेको चिनीको मात्रा कम हुने फलफूलको जुस सेवन गर्दा उत्तम हुन्छ । जसले मानिसको इनर्जी कायम राख्न मद्दत पुर्‍याउँछ ।

अल्कोहलः अल्कोहलको सेवनले शरीररको सेक्स हर्मोनमा नोक्सान पुर्‍याउँछ र मानिसको कामोच्छा घटाउँछ । युनिभर्सिटी अफ वासिंगटनका शोधकर्ताले आफ्नो शोधमा पाए कि अल्कोहल बढी सेवन गर्ने पुरुषमा टेस्टोस्टेरोन कम हुन्छ, जसको नकारात्मक प्रभाव मानिसको यौन जीवनमा पर्न जान्छ ।

माउथ फ्रेसनरः वास्नादार चुईंगम वा ‘माउथ फ्रेशनर’ले मानिसको सासको गन्ध हटाउन मद्दत गर्छ । तर, सेक्स अगाडि यसको सेवनले हानी पुर्‍याउन सक्छ । यस्ता चीजहरुमा अधिक मात्रामा अम्लियपना (एसिडिटी) हुन सक्छ । यसको सट्टामा मानिसले सेक्स अगाडि सासको गन्ध हटाउन वा कम गर्न हर्बल चिया पिउँदा उत्तम हुन्छ । जसले गर्दा मानिसको सेक्स परर्फमेन्समा विपरित असर नपरोस् ।

बट्टाभित्र हुने खाद्य पदार्थः सेक्स अगाडि बट्टाभित्र ‘प्याकिङ’ भएको खाद्यपदार्थ सेवन गर्दा पनि नकारात्मक असर गर्न सक्छ । यस्ता खाद्यपदार्थमा सोडियम अधिक हुने गर्छ । जसले शरीरको पाचन क्षमतालाई असर पुर्‍याउँछ नै, यसले सेक्स हर्मोन पनि घटाउँछ ।

त्यसैले यस्ता खाद्यपदार्थ सेवन नगर्दा नै उत्तम हुन्छ । – एजेन्सीको सहयोगमा ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger