फेसबुकमा फोटो पोष्ट गर्दा मोबाइलको बिल उठ्यो साढे ५ लाख - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » फेसबुकमा फोटो पोष्ट गर्दा मोबाइलको बिल उठ्यो साढे ५ लाख

फेसबुकमा फोटो पोष्ट गर्दा मोबाइलको बिल उठ्यो साढे ५ लाख

Written By Unknown on Tuesday, July 16, 2013 | 1:07 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

एजेन्सी । तपाईले मोबाइल फोनबाट त्यो पनि सिम प्रयोग गरेर पक्कै फेसबुक चलाउने गर्नु भएको छ होला । यस्तै, कार्य गर्ने एक स्कुले किशोरीका लागी यो कार्य निकै महंगो साबित भएको छ । बाबु-आमासँग घुम्न निस्केकी एक १४ वर्षीय किशोरीले मोबाइलबाट फेसबुकमा फोटो अपलोड गर्दा करिब साढे ५ लाख रूपैयाँको मोबाइल बिल आएपछी ती किशोरीसहित उनका परिवार छक्क परेका छन् ।

१४ वर्षकी केसी स्नुकले आफ्ना साथीहरूलाई फेसबुकमा आफू घुमेको ठाऊँ देखाउन भन्दै फोटोहरू अपलोड गरेकी थिइन् । घुम्न गएको ठाऊँमा उनको फोनमा रोमिङ चार्ज लाग्ने भएपनि यति ठूलो रकम तिर्नु पर्छ भन्ने सोचेकी थिइनन् । सामान्य रूपमा मोबाइलमा फेसबुक चलाउँदा ७ हजार तिर्ने गरेका उनले रोमिङका कारण साढे ५ लाख तिर्नु पर्ने भएपछी उनीसहित उनका परिवार छक्क परेका हुन् ।

केसीकी आमा केट स्नुकले मोबाइल बिल सुन्दा आफू शारीरिक रूपमा नै बिरामी परेको अनुभव भएको बताएकी छिन् । उनले आफुले फोटोहरू अपलोड गर्दा यति ठुलो रकम तिर्नु पर्ने नसोचेको बताएकी छिन् । आफुहरूले मात्र ७ हजारमा मोबाइलमा फेसबुक चलाउने गरेको र रोमिङका कारण यति ठुलो रकम तिर्नुपर्छ भन्ने सोचाई कहिल्यै नआएको बताएकी छिन् ।

यता मोबाइल कम्पनी ओरेन्जले आफुहरूले केसीलाई आफुहरूले मोबाइलको बिल धेरै हुँदै गएको र अझै पनि डाटा प्रयोग गर्ने हो भनि मेसेज पठाएको बताएको छ । क्षमताभन्दा बढी डाटा खर्च भइसकेको भन्दै आफुहरुले केसीलाई थप डाटा प्रयोग गर्ने या नगर्ने भनेर मेसेज पठाउँदा उनले प्रयोग गर्ने भनेर मेसेज पठाएको बताएका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger