एक लाख पर्ने ह्विस्की नेपालमा - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » एक लाख पर्ने ह्विस्की नेपालमा

एक लाख पर्ने ह्विस्की नेपालमा

Written By Unknown on Saturday, July 6, 2013 | 9:40 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

काठमाडौं – विश्वकै चर्चित मदिरा उद्योग डियाजियोको महँगो उत्पादन ‘जोन वाकर एन्ड सन्स् ओडिसी’ ह्विस्की नेपाल भित्रिएको छ। आउँदो शुक्रबारदेखि बिक्री सुरु हुनेे ‘लक्जरी’ सेग्मेन्टको स्कच ह्विस्की एक बोतलको मूल्य ९९ हजार रुपैयाँ छ। त्यतिका मूल्यको एक बोतलमा ७ सय मिलिलिटर मदिरा हुन्छ। व्यावसायिक घराना विशाल ग्रुुपअन्तर्गतको ग्लोबल टे्रेडिङ कन्सर्नले यो महँगो ह्विस्की नेपाल ल्याएको हो।
यो कम्पनी नेपालमा लागि स्कच ह्विस्की उत्पादक डियाजियोअन्तर्गतको वितरक कम्पनी ह्विस्की हाउस ‘जोन वाकर एन्ड सन्स्’ को एकमात्र आधिकारिक वितरक हो। डियाजियोका उत्पादन विश्वका १ सय ८० भन्दा धेरै देशमा बिक्री हुन्छन्। ग्लोबल ट्रेडिङले यसअघि नै नेपालमा जोन वाकरका जोनी वाकर, क्राउन रोयाल, जे एन्ड बी, विन्डसर, बुकानन्स् एन्ड बुसमिल्स, स्मिर्नोफ, सिरअक एन्ड केटल वान, बेलिज, क्याप्टेन मोर्गन, ट्याक्युएरा र गिनिसजस्ता ह्विस्की, भोड्का तथा बियर बिक्री गरिरहेको छ।डियाजियोका संस्थापक सर एलेक्जान्डर वाकरको ८० औं वार्षिकी सम्मानका साथ मनाउन कम्पनीले यो ब्रान्डको ह्विस्की उत्पादन गरेको हो। ह्विस्कीको विश्वभर प्रवर्द्धन गर्ने कम्पनीको रणनीतिअनुसार जुनको पहिलो साता नेपालमा सार्वजनिक गर्न लागिएको हो। ‘जोन वाकर एन्ड सन्स ओडिसी हामीले सर एलेक्जान्डर वाकरको सम्मानका लागि सिर्जना गरेका हौं,’ डियाजियोका एसिया प्यासेफिक क्षेत्रका प्रमुख बजार अधिकृत जेम्स् थम्पसनले भने, ‘यो हामीले क्षेत्रका ‘लक्जरी’ सेग्मेन्टका डिलक्स ह्विस्की पारखीप्रति देखाएको प्रतिबद्धता र उनीहरुप्रतिको सम्मान हो।’ डिलक्स ह्विस्कीको माग एसिया प्यासेफिक क्षेत्रमा बढिरहेको उनले बताए। कम्पनीले विश्वभरमा बिक्री गर्ने स्कच ह्विस्कीमध्ये ८० प्रतिशत हिस्सा यो क्षेत्रले ओगटेको पनि उनले बताए।
डियाजियोले यही ह्विस्कीको प्रवर्द्धन गर्न हालसम्म एसिया प्यासेफिक र मध्य पूर्वका ८ वटा देशमा भव्य कार्यक्रम गरिसकेको छ। ‘जोन वाकर एन्ड सन्स् भोयजर’ नाम दिएको पानी जहाजमा रोमाञ्चक यात्रा गर्दै उसले पछिल्लो ६ महिनामा चीन, ताइवान, हङकङ, फिलिपिन्स्, थाइल्यान्ड, सिंगापुर र दुबईको भ्रमण गरिसकेको छ। पानी जहाजले जोन वाकरको व्यवसाय विस्तारका लागि ठूलो भूमिका खेलका १९ औं शताब्दीताका चिया व्यापारीले प्रयोग गरेको सामुद्रिक बाटोलाई फेरि कोर्ने छ। संघाईदेखि स्कटल्यान्डसम्मको पानी जहाजको यात्रमा नेपाल पानि जोडिएको हो। नेपालमा सामुद्रिक तट अभावका कारण ह्विस्कीको ‘लन्चिङ इभेन्ट’ (सार्वजनिकीकरण) जहाजमा सम्भव नभएकाले उसले हायात होटलाई इभेन्टका लागि रोजिएको हो।
‘लन्चिङ’ मा छानिएका व्यक्तिमात्रै
डियाजियोको सिर्जनात्मक उत्पादन भनिएको ह्विस्की ‘जोन वाकर एन्ड सन्स् ओडिसी’ नेपालमा औपचारिक बिक्री सुरुआत गर्न शुक्रबार हायात होटलमा कार्यक्रम आयोजना हुँदैछ। नेपालमा रहेर विभिन्न क्षेत्रमा सफलता हासिल गरेका ५० जना व्यक्तिमात्रै आमन्त्रित गरिने गरिएको कार्यक्रम व्यवस्थापनको जिम्मा लिएको नेपाली कम्पनी ‘लेमन’ ले जानकारी दिएको छ। दशकौं लामो र निरन्तरको मेहनतपछि तयार भएको उत्पादनप्रतिको सम्मानका लागि कुनै एक क्षेत्रमा निरन्तर लागेर सफल भएका व्यक्तिलाई मात्रै कार्यक्रममा आमन्त्रण गरिने लेमनले जानकारी दियो।
कार्यक्रममा अर्बपति विनोद चौधरी लगायत नेपालका ठूला व्यावसायिक घरानाका अध्यक्षहरु, बहुराष्ट्रिय कम्पनीका कार्यकारी प्रमुखहरुलाई आमन्त्रण गरिने वितरक कम्पनी ग्लोबल ट्रेडिङका आदित्य अग्रवालले बताए। ‘नेपालका प्रतिष्ठित व्यक्तिको सम्मानका लागि यो कार्यक्रम आयोजना गरेका हौं,’ उनले भने, ‘ह्विस्की बिक्रीका लागि नै यो कार्यक्रम गरिएको भने होइन।’ उनका अनुसार ग्लोबलसँग यो ब्रान्डका ह्विस्की केबल १२ बोतल मात्रै छन्।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger