श्रीमतीलाई अर्कैसंग पोईल लगाई दिएको रिसमा छिमेकी महिलाको हत्या - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » श्रीमतीलाई अर्कैसंग पोईल लगाई दिएको रिसमा छिमेकी महिलाको हत्या

श्रीमतीलाई अर्कैसंग पोईल लगाई दिएको रिसमा छिमेकी महिलाको हत्या

Written By Unknown on Monday, June 24, 2013 | 9:49 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्


धादिङ,असार १० । धादिङ जिल्लाको दार्खा गाविस ८ नागछुलुङका बलबहादुर तामाङले आफ्नी श्रीमतीलाई अर्कैसंग पोईल लगाइदिएको रिसमा छिमेकी महिलाको हत्या गरेका छन् । आफु बिदेशमा हुँदा श्रीमतीलाई परपुरुषसंग विहे गर्न उक्साएर घर भाडिदिएको भन्दै ती युवकले छिमेकी महिला ३४ वर्षिया कुमारी तामाङको हत्या गरेको प्रहरीले जनाएको छ।

रोजगारीका लागि ६ बर्ष पहिले मलेसिया गएका तामाङ घर फर्कदा आफ्नी श्रीमती धनकुमारीलाई अर्कैसंग पोईल लगाई दिएको दोष छिमेकी काशीराम तामाङलाई दिदै आएका थिए । त्यसकै रिसमा काशीरामकी पत्नी कुमारीको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
विगतमा पनि पटक पटक काशिरामलाई आक्रमणको प्रयास गर्दै आइरहेका बलबहादुरले गएको जेठ ३१ गते विहान ७ बजेतिर घाँस काट्न गएको बेला कुमारीको हत्या गरेका प्रहरीको भनाई छ ।

घटना बाहिर आउन नदिन तामाङ संस्कार अनुसार काजक्रिया गर्नका लागि मृतकका परिवारलाई बलबहादुरले सघाउन थालेपछि छिमेकीहरुले कुमारीको हत्या भएको हुनसक्ने भन्दै प्रहरीलाई उजुरी गरेका थिए ।

प्राप्त सूचनाको आधारमा अनुसन्धान अघि बढाउदा कुमारीको हत्या भएको पुष्टि भएपछि प्रहरीले घटना भएकै दिन बलबहादुरलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा हत्या स्वीकार गरेका प्रहरीले जनाएको छ ।

तामाङलाई कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि आइतवार जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएपछि प्रहरीले पत्रकार सम्मेलन गरी घटनाको जानकारी गराएको हो ।

मलेसियामा काम गरेर पठाएको दुइलाख पचास हजार रुपैयाँ नगद लिएर श्रीमती अर्कैसंग गएपछि आफू निकै विचलित हुन पुगेकाले श्रीमतीलाई अर्कोसंग विवाह गर्न सहयोग गर्नेको पनि आफ्नै जस्तो हविगत होस् भनेर श्रीमती मारिदिएको प्रहरी नियन्त्रणमा रहेका तामाङले पत्रकारहरुलाई बताए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger