साढे ६३ किलोको अण्डकोष हटाउँदा लिङ्ग झण्डै गायब भएपछि……… - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » साढे ६३ किलोको अण्डकोष हटाउँदा लिङ्ग झण्डै गायब भएपछि………

साढे ६३ किलोको अण्डकोष हटाउँदा लिङ्ग झण्डै गायब भएपछि………

Written By Unknown on Friday, June 21, 2013 | 8:04 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
विस्ले वारेनको अण्डकोष यति भिमकाय थियो की त्यस थैलीको तौल नै साढे ६३ किलो थियो । आकारमै भन्ने हो भने उनको अण्डकोष एउटा जलगैँडाको बच्चा जत्रै थियो । उनी विश्वमा सबैभन्दा ठूलो अण्डकोष भएका व्यक्तिको रुपमा दर्ज थिए । तर उनको यो चिनारी अब अतित बनिसकेको छ । उनको किर्तिमानी अण्डकोष काटेर फ्याँकिएको छ । ४९ वर्षका अमेरिकी नागरिक वारेनको अण्डकोष फ्याँक्न १३ घण्टाको लामो शल्यक्रिया गर्नुपर्यो र शल्यक्रिया सफल पनि भयो । जिउले धान्नै मुस्किल परेको भिमकाय अण्डकोष मिल्काउँदा उनले एकातर्फ सन्तोषको स्वास त फेरे तर अर्कोतर्फ उनलाई अर्को चिन्ता थपिएको छ । चिन्ताको कुरो पनि रोचक नै छ ।

कुरा के भने अण्डकोषको जटिल शल्यक्रिया सफल त भयो तर अण्डकोष सँगै लिंग पनि निकै छोटियो । अब उनको लिंग मुस्किलले एक इन्चमात्र लामो छ जसले सहबासका लागि समेत सकस पार्न सक्छ ।

एक बेलायती अनलाइन सँग कुरा गर्दै वारेनले आफ्नो लिंग ठुटे भएकोमा चिन्ता व्यक्त गर्दै आफ्नो अण्डकोषको झोला फ्याँकिदा केही हदसम्म मुक्ति तथा हाइसन्चो आफ्नो पुरुषत्वको झण्डैझण्डै नामोनिसान मेटिन लागेकोमा उल्टै चिन्ता लागेको बताए । उनले आफ्नो छोटो लिंगका कारण जोडी पाउन भविष्यमा मुस्किल पर्ने भन्दै कोही युवतीले भने पक्कै आफ्नो मन बुझ्ने आशा गरेका छन् ।

स्कर्टल लिम्फेडेमा नामक रोगका कारण उनको अण्डकोष यतिधेरै बढेको हो । यो समस्या उनलाई सन् २००८ देखि देखापर्न थालेको थियो । उनले यो रोगको उपचार गर्न अस्पताल धाए तर उनीसँग शल्यक्रियाका लागि पैसा थिएन । अन्ततः क्यालिफोर्नियाका एक शल्यचिकित्सक जोएल गेल्म्यान उनको अण्डकोषको निशुल्क शल्यक्रिया गर्न राजी भए । १३ घण्टाको जटिल शल्यक्रिया पछि उनको अण्डकोष सफलतापूर्वक छुट्टाइयो । उक्त जटिल शल्यक्रियाको भिडियो च्यानल फोरले खिचेको छ, जुन भिडियो जुन २४ का दिन टेलिभिजनमा प्रशारण पनि गरिनेछ ।

स्मरण रहोस् शल्यक्रिया गरेर निकालिएको उनको बडेमाको अण्डकोष उनले अनलाइनमार्फत लिलामीमा राख्ने सम्भावना छ ।

हेर्नुस् भिडियो

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger