डिस्टिङ्सन ल्याएर पनि एसएलसीमा फेल ! हेर्नुस त् भिडिओ - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » डिस्टिङ्सन ल्याएर पनि एसएलसीमा फेल ! हेर्नुस त् भिडिओ

डिस्टिङ्सन ल्याएर पनि एसएलसीमा फेल ! हेर्नुस त् भिडिओ

Written By Unknown on Thursday, June 13, 2013 | 7:29 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस
   
काठमाडौं, जेठ २९- मंगलबार सार्वजनिक भएको प्रवेशिकाको नतिजामा विशिष्ट श्रेणी (डिस्टिङ्सन) ल्याए पनि एक छात्र फेल भएका छन् । चितवनको नारायणगढस्थित बालकुमारी इङ्गलिस स्कुलका छात्र देवेश अधिकारी विशिष्ट श्रेणी ल्याएर पनि फेल भएका हुन् । सिम्बोल नम्बर ०३४४७३५ ‘ए’ भएका उनको सबै विषयमा राम्रो नम्बर आए पनि सामाजिकमा १८ अंक आएपछि फेल भएका हुन् ।नतिजाअनुसार देवेशको नेपाली विषयमा ७१, बाँकी ६ ओटा विषयमा ९० भन्दा बढी अंक आएको छ । फेल भएको सामाजिकको १८ अंक जोड्दा उनको ८१।७५ प्रतिशत अर्थात ६ सय ५४ नम्बर आएको छ ।

स्कुलमा सँधै प्रथम हुँदै आएका देवेशको अप्रत्यासित नतिजा देखेर उनीलगायत विद्यालयका सबै आश्चर्यचकित भएका छन् । उनीहरुले परीक्षा नियन्त्रण कार्यालयले लापरबाही गरेको हुनसक्ने आरोप लगाएका छन् । देवेसकी आमा रमा अधिकारीले नतिजाले आफुलाई चकित बनाएको बताइन् । शिक्षिका समेत रहेकी उनले यस्तो हुनै नसक्ने भन्दै परीक्षा नियन्त्रण कार्यालयले लापरबाही गरेको आरोप लगाइन् । विद्यालयका प्राचार्य ओमप्रकाश श्रेष्ठले देवेशको परीक्षाफलका आफ्नो विश्वास नरहेको बताए । देवेशले पनि आफ्नो अंक ८१ हुनुपर्ने दावी गरेका छन् ।

परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक खगराज बरालले विद्यार्थीको प्राप्ताङक सही भएको हुन सक्ने बताए । अन्य विषय राम्रो भए पनि सामाजिक राम्रो  नभएको हुनसक्ने उनले दाबी गरे । उनले कार्यालयको लापरवाही भएको आरोपको खण्डन गरे । तर विगतमा पनि यस्तो गल्ती हुँदै आएकाले यो पनि लापरबाही हुन सक्ने स्रोतको दाबी छ ।नतिजा अप्रत्यासित आएपछि देवेशले कपी रिटोटलिङ्ग गराउने भएका छन् । देवेशले टेस्ट परीक्षामा ८८ प्रतिशत अंक ल्याएका थिए ।
 देवेसको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला
भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger