पहिलेदेखि नै मैले उनीसँग यौनसम्पर्क गरेर - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » पहिलेदेखि नै मैले उनीसँग यौनसम्पर्क गरेर

पहिलेदेखि नै मैले उनीसँग यौनसम्पर्क गरेर

Written By Unknown on Tuesday, June 18, 2013 | 6:09 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
मेरो प्रेम परेको एक वर्ष भयो। पहिलेदेखि नै मैले उनीसँग यौनसम्पर्क गरेर इकोन पाँच प्याकेट र नीलोकन एक प्याकेट ख्वाएको छु। हामीले अहिले विवाह गरेको एक महिना हुन लाग्यो। अहिले पनि

हामी कुनै साधन प्रयोग नगरी सम्पर्क गछौर्ं यसले कुनै असर त गर्दैन ?

६३४१

इकोन आकस्मिक गर्भनिरोधको साधन हो। असुरक्षित यौनसम्पर्क भएको १ सय २० घण्टाभित्र यसको प्रयोग गरे गर्भ रहन पाउँदैन। यसमा भएका दुई चक्कीमध्ये पहिलो चक्की खाएको १२ घण्टापछि दोस्रो चक्की खानुपर्छ। नीलोकन गर्भनिरोधका लागि खाने चक्की हो।

असर के पर्ला ?

तपाईंले के-कस्तो असर पर्ला भनेर सोध्न खोज्नुभएको कुरा स्पष्ट भएन। यी चक्की सेवन गर्न छोडिएको स्थितिमा गर्भ रहनबाट बच्न सकिने स्थिति हुँदैन भन्ने कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ। गर्भ निरोधको आवश्यकता विवाहभन्दा पहिले मात्र हुने होइन, विवाहित जीवनमा पनि त्यति कै हुन्छ। विवाहपछि यौनसम्पर्क बढी नियमित रूपमा हुने भएकाले गर्भ निरोधको उपाय पनि नियमित रूपमै गर्नुपर्छ। इकोनजस्ता चक्की आकस्मिक गर्भ निरोधका लागि प्रयोग गर्नु उचित हुन्छ। गर्भ निरोधको कुनै साधन प्रयोग नगरी यौनसम्पर्क गर्दा गर्भरहने सम्भावना त हुन्छ नै। अनिच्छित गर्भ निरोधको के-कस्ता असर पर्छ त्यसका बारेमा पनि सोच्नुभएकै होला। 

इकोनको सामान्य असरको कुरा गर्दा प्रमुख अल्पकालीन कुप्रभाव वाक्वाकी लाग्ने वा वान्ता आउने नै हो। केही खाएर मात्र औषधी खाए ती असर कम गर्न सकिन्छ। टाउको दुख्नु, रिँगटा लाग्नु, मांसपेशी बाउँडिनु वा स्तन छाम्दा दुख्नु यसका अन्य कुप्रभाव हुन्, तर यस्ता प्रभाव प्रायःजसो २४ घण्टाभन्दा बढी रहँदैनन्।

त्यसैगरी नीलोकनजस्तो खाने चक्कीको असरको कुरा गर्दा हल्का टाउको दुख्ने, वाक्वाकी लाग्ने, योनिबाट थोपाथोपी रगत आउने वा महिनावारीको बीचमा रगत आउने, हल्का रूपमा स्तन दुख्ने, केही तौल बढ्न सक्ने प्रमुख हुन्। नियमित प्रयोग गरिरहे यस्ता सामान्य असर कम भएर जान्छन्। मेरो लि·बाट प्रत्येक रातमा वीर्य आउँछ, किन होला ?

३९७८

यौनसम्बन्धी कुरा हामी निदाएका बेला पनि निरन्तर चलिरहन्छ। निदाएको बेला लिङ्ग उत्तेजित हुनु वा यौन क्रियाकलापमा संलग्न भएको सपना देखिनु सामान्य हो। प्रायःजसो पहिलो पटक यो किशोरावस्थामा हुन्छ र यसले यौन विकास राम्रैसँग भएको संकेत गर्छ। यहि क्रममा कतिपयले यौन चरमसुख पनि पाउँछन्। यसरी निदाएको बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएर वीर्य स्खलन हुनुलाई नै बोलिचालीको भाषामा स्वप्नदोष भनिन्छ। दोषको अर्थ केही खराबी भन्ने बुझिन्छ, तर यसलाई स्वप्नदोष भनिए पनि यौनसपना देख्नु र यसरी निदाएको बेला वीर्य स्खलन हुनु समस्या वा खराबी होइन। वीर्यमै शुक्रकीट हुन्छन् भन्ने कुरा त तपाईंलाई थाहै होला।

यसरी निदाएको बेला वीर्य स्खलन हुनु स्वाभाविक रूपमै हुने कुरा हो। यौन सपनाले शरीरमा भएको यौन तनावलाई कम गर्न सहयोग गर्छ। किशोरावस्थामा यौन विकासका क्रममा धेरैले यसको पहिलो अनुभव गरेका हुन्छ। हस्तमैथुन वा यौन सम्पर्कको माध्यमवाट यौन तनाव शान्त नपारिएको स्थितिमा केही बढी देखिन्छ। अविवाहित वा यखौन साथीसँग छुट्टएिर बसेको व्यक्तिले यस्तो यौनसपना देख्नु सामान्य कुरा हो। कतिपय यस्ता यौन उत्तेजक सपना देखिसकेर वीर्य स्खलन हुनासाथ ब्यूँझिन्छन् भने अर्का थरी वीर्य स्खलन हुनै लागेको बेलामा ब्यूँझिन्छन्। केहीको त निद्रै खुल्दैन र बिहान ब्यूँझिसकेपछि मात्र थाहा पाउँछन्। जे होस्, निद्रामा वीर्य स्खलन भएपछि बिहान उठेर सरसफाइमा विशेष ध्यान दिनुपर्छ। वीर्य यौनाङ्ग क्षेत्रमा रहिरहेमा संक्रमण हुने जोखिम बढी हुन्छ। त्यसैले ब्यूउँझिएपछि लिङ्ग र अण्डकोष र वरिपरिका क्षेत्र साबुन पानीले धुनुपर्छ। तन्ना वा लगाएको लुगामा वीर्यको दाग लाग्ने अनि कसैले थाहा पाउला भन्ने कुरामा पनि निकै चिन्ता हुन्छ। अन्डरवेयर वा  कट्टु लगाएर सुते त्यसलाई  मात्र धुन तुलनात्मक रूपमा सजिलो हुन्छ।

स्वप्नदोषका सम्बन्धमा उचित तथा सही जानकारी नपाउँदा कतिपय किशोर तथा युवाहरू अनावश्यक रूपमा गहिरो चिन्तामा पर्छन्, आफूलाई कुनै गम्भीर रोग लागेको मान्छन्। यसलाई अन्य कतिपय कुरासँग पनि जोडिन्छ। यसबाट कुनै हानिकारक असर हुँदैन। अब तपाईंले पक्कै बुझ्नुभयो होला, तपाईंले केही गर्नुपर्दैन। अनावश्यक रूपमा उपचार गराउँदा तपाईंलाई होइन, व्यापारीलाई मात्र फाइदा हुन्छ।
साभार साप्ताहिक बाट
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger