लिंग मोटो बनाउने सजिलो तरिका हरु - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » लिंग मोटो बनाउने सजिलो तरिका हरु

लिंग मोटो बनाउने सजिलो तरिका हरु

Written By Unknown on Monday, June 10, 2013 | 9:34 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस
   
हामीलाई थाहा भएकै कुरा हो लिंग एक विशेष अंग हो र यो अंग मानव शरीरको एक अंगको रूपमा मात्र नभई यसको हामीलाई थाहा भएकै कुरा हो लिंग एक विशेष अंग हो र यो अंग मानव शरीरको एक अंगको रूपमा मात्र नभई यसको सांकेतिक महत्त्व बढी छ । सन्तान उत्पादन गर्ने अंगका रूपमा भएर पनि यस्तो भएको हुनसक्छ । कतिपय व्यक्तिले यसको आकार वा लम्बाइलाई पुरुषको ‘व्यक्तित्व’ वा भनौं उसको ‘पौरुषत्व’ सँग नै जोडिएको ठान्ने गर्छन् । लिंगको लम्बाइ तथा मोटाइ व्यक्तिअनुसार फरक-फरक हुन सक्छ ।

अध्ययनअनुसार लिंगको सालाखाला लम्बाइ उत्तेजित नहुँदा ३ दशमलव ८९ इन्च -९ दशमलव ९ सेन्टिमिटर) र उत्तेजित हुँदा ६ दशमलव २१ इन्च -१५ दशमलव ८ सेन्टिमिटर) हुने कुरा उल्लेख गरिएको छ । त्यसैगरी सालाखाला मोटाइ उत्तेजित नहुँदा ३ दशमलव ७५ इन्च -९ दशमलव ५ सेन्टिमिटर) र उत्तेजित हुँदा ४ दशमलव ८५ इन्च -१२ दशमलव ३ सेन्टिमिटर) भएको उल्लेख छ । कतिपय व्यक्तिले लिंगको लम्बाइ वा मोटाइ सामान्य भए पनि सानो भयो कि भनेर चिन्ता गर्ने गर्छन् र यस्तो स्थितिलाई अंग्रेजीमा Smबिि एभलष्क क्थलमचoभ पनि भनिन्छ । केही व्यक्तिका भने लिंग साँच्चिकै सानो हुन सक्छ जसलाई mष्अचयउभलष्क वा mष्अचय-उजबििगक भनिन्छ ।

शिशु जन्मदा लिंग तन्काएर नाप्दा १ दशमलव ९ सेन्टिमिटर अर्थात् पौने इन्च भएमा शंका गर्नुपर्ने हुन्छ र कारणको खोजिनीति गर्नुपर्छ । यस्तै हजार जना व्यक्तिमा यस्तो स्थिति ६ जनालाई हुन सक्ने कुरा देखिएको छ । कुन विधिमा खतरा तपाईंले भन्नुभएजस्तै लिंग बढाउनका लागि संसारमा अनेक उपायको प्रयोग गरिएको पाइन्छ । लिंगको कसरत तथा हातैले तन्काउने विधि, तौल वा यन्त्रको सहायताले तन्काउने विधि, पम्प प्रयोग गर्ने विधि तथा शल्य चिकित्सा हुन् । कुनै पनि विधि आफ्नो लागि छनौट गर्दा समस्यालाई समाधान गर्नुपर्ने आवश्यकतालाई केन्द्र बिन्दुमा राखेर प्रभावकारिता र जोखिम दुवैलाई जोखेर निर्णय गरिन्छ ।

प्रविधिको उपलब्धता, सम्भाव्यता अनि व्यक्तिको खर्च गर्न सक्ने क्षमता सबैको सम्मिश्रणमा अन्तिम निर्णय लिइन्छ । यसमध्ये कतिपयको दीर्घकालीन प्रभावकारितामा नै प्रश्न चिह्न छ भने कतिको मिश्रति नतिजा आएका छन् । शल्यक्रिया वा कुनै औजारको प्रयोग गर्दा स्वाभाविक रूपमा नै हाम्रो मनमा एक किसिमको भय जागृत हुन्छ । अर्कातिर कुनै क्रिम वा खाने औषधीको सेवनले त्यति डर लाग्दैन । यस्ता कुराका हानिकारक प्रभाव हुन्छन् भन्ने ठान्छौं । वास्तवमा यी कुरा पूर्ण रूपमा सत्य नहुन सक्छन् । कतिपय खाने औषधी प्रभावकारी नहुने मात्र होइन, हाम्रा महत्त्वपूर्ण अंगहरू वा प्रणालीलाई गम्भीर किसिमका असर पुर्‍याउने किसिमका पनि हुन सक्छन् । लिंग किन बढाउनुपर्ने ?

चिकित्सा विज्ञानले प्रगति गर्नु एक कुरा हो र त्यसलाई तपाईंले प्रयोग गर्नु अर्को कुरा । पहिले तपाईं आफूलाई लिंग किन बढाउनुपर्‍यो ? त्यसको आवश्यकताका ब्ारेमा विचार गर्नुहोस् । लिंग लामो हुँदैमा वा बनाइँदैमा यौन सक्षमता बढी हुने होइन । सामान्यभन्दा सानो लिंग भए पनि यौन सम्पर्क गर्न सकिन्छ । यदि तपाईंले हस्तमैथुन गर्न सजिलै सक्नुहुन्छ भने यौन सम्पर्कराख्न पनि गाह्रो नपर्ला । यो कुरा भने पक्कै हो कि यौन सन्तुष्टिका लागि साथीको सहयोगको साथै आत्मविश्वासको आवश्यकता पर्छ ।

यौन सुख दिन वा लिन सायद लिंगको नापभन्दा अन्य कुराहरू बढी महत्त्वपूर्ण छन् भन्ने कुरा बुझ्नु आवश्यक छ । महिलाको यौनसंवेदनशील अंग वा भाग योनिको भित्री तहमा केन्दि्रत हुँदैन । प्रायः सबैजसो महिलाको यौन सुखको केन्द्र भगांकुर भएकाले यसैकोे प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट महिलाले यौन आनन्द प्राप्त गर्छन् । यो भगांकुर बाहिरतिर नै हुन्छ । फेरि सम्पूर्ण योनिको लम्बाइ -४ इन्च) लाई हेर्ने हो भने यसको भित्री भाग होइन कि बाहिरतिर एकतिहाइ भाग नै विशेष रूपमा यौन संवेदनशील हुन्छ ।

के हर्बल औषधी नकारात्मक असरमुक्त हुन्छन् ? हर्बल अर्थात् जडिबुटीबाट बनेका औषधीको कतिपय बिमारीको उपचार गर्न आफ्नै विशिष्ट स्थान छ र प्रभावकारी पनि छन् तर अहिले जडिबुटीबाट बनेको भन्नासाथ प्रभावकारी हुने तर कुनै नकारात्मक असर नहुने भ्रम छ । वास्तवमा कुरा त्यसो होइन । कतिपय यस्ता उत्पादन सरकारी निकायको निगरानीमा नहुने भएको हुनाले गुणस्तरीयतामा प्रश्न गर्ने ठाउँ धेरै नै हुन्छ । कतिपय उत्पादनको त प्रभावकारिता विश्वास नै नलाग्ने गरेर उच्च हुने दाबी गरिएको हुन्छ, जुन चिकित्सा विज्ञानमा गाह्रो कुरा हो ।

भ्रम सिर्जना गर्न विज्ञापनमा सुनाइने वा देखाइने कथा वा नतिजा कुनै स्वतन्त्र निकायवाट नभै उनीहरू आफैंले गरेका हुन सक्छन् । त्यसैले त्यसको प्रभावकारिता मात्रै होइन, नकारात्मक असरका बारेमा थाहा नै हुँदैन वा जानकारी दिइँदैन । अन्य औषधीसँग यसको प्रतिक्रिया कस्तो हुन्छ भन्ने पनि थाहा हुने स्थिति हुँदैन । तपाईंको जस्तो समस्यालाई समाधान गर्ने दाबी गरिएको कुनै पनि औषधीको प्रयोग गर्नुअघि निम्न कुरामा विचार पुर्‍याउनु बेस हुन्छ । यस्ता उत्पादनको बारेमा सक्दो बढी जानकारी लिने प्रयास गर्नुहोस्, त्यसका वैज्ञानिक आधार के छन् वा छैन, स्वतन्त्र अध्ययन भएका छन् वा छैनन् ।

यस्तो स्थितिमा तपाईंको चिकित्सकले सहयोग गर्न सक्नुहुन्छ । यस्ता उत्पादनको, औषधीको नाम, यसमा प्रयोग भएका जडिबुटीका बोलीचाली तथा वैज्ञानिक नाम, यसमा मिसाइएका अन्य तत्त्वहरू, उत्पादन गर्ने औषधी कम्पनीको नाम तथा स्पष्ट ठेगाना, ब्याच तथा लट नम्बर, म्याद गुज्रने मिति, प्रयोग गर्ने विधि अनि के कस्ता नकारात्मक असरहरू छन् भनेर हेर्नुपर्छ । कुनै पनि नकारात्मक असर जस्तै कि वाक्वाकी, वान्ता, मुटुको चालमा परिवर्तन, पातलो दिसा वा छालामा फोका वा डाबर आएमा तुरुन्त प्रयोग बन्द गरी चिकित्सकसँग सम्पर्क गर्नुपर्छ
भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger