विवाहपूर्व यौनसम्पर्क ! मलाई धेरै गाह्रो भयो - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » विवाहपूर्व यौनसम्पर्क ! मलाई धेरै गाह्रो भयो

विवाहपूर्व यौनसम्पर्क ! मलाई धेरै गाह्रो भयो

Written By Unknown on Sunday, June 2, 2013 | 12:33 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
http://education-college-admission.blogspot.com/
तपाईंहरूको बीचमा सहमतिमै यौनसम्पर्क भएको देखिन्छ, तर सहमतिमा भएका यौनसम्पर्क समस्याविहीन हुने भने होइनन्। त्यसैले जोसमा होस गुमाउनु हुँदैन। यस्तो स्थितिमा अनिच्छित गर्भ वा यौनरोगको समस्या भोग्नुपर्ने त छँदैछ। कतिपय स्थितिमा

सम्बन्धको स्थायित्वको प्रश्न पनि छ। सम्बन्धले निरन्तरता नपाउँदा त्यसका शारीरिक तथा मानसिक समस्या भोग्नुपर्ने स्थिति आउँछ। अर्को व्यक्तिसँग सम्बन्ध विकास गर्ने क्रममा कति गहिराइसम्म पुगिन्छ भन्ने अनुमान लगाउन गाह्रो हुन्छ भने अर्कातिर सम्बन्ध कति अन्तरङ्ग हुन दिने वा सम्बन्धलाई कहाँ पुगेर रोक्नु उचित हुन्छ भन्ने कुरा पनि विवेकपूर्ण रूपमा ठम्याउन। कतिपय स्थितिमा रोक्नुपर्छ भन्ने ज्ञान भए पनि आवश्यक सीप नहुन सक्छ। सम्बन्धलाई अघि बढाई यौनसम्पर्क राख्ने कि नराख्ने भनेर सही निर्णय लिन सक्ने सीप हुनु नै मुख्य कुरा हो। यदि यौनसम्पर्कका लागि सबै कुरा ठीक थिएन भने यौनसम्पर्क नै नगर्ने निर्णय पनि लिन सक्नुपर्छ। तपाईंले प्रेमी त भन्नुभएको छ, तर कतिपय स्थितिमा सम्बन्ध कति 'प्रेममय' छ, ठम्याउन सजिलो कुरा होइन। क्षणिक आकर्षण र वास्तविक प्रेमको बीचमा फरक छुट्टयाउनु आवश्यक हुन्छ। क्षणिक आकर्षणलाई नै प्रेम मान्दा खाडलमा परिने सम्भावना हुन्छ।

कुमारीत्व गयो होला ?

पहिलो यौनसम्पर्कको सन्दर्भमा किन के-कस्तो गाह्रोको कुरा गर्नु भएको हो स्पष्ट छैन। मानसिक तथा शारीरिक रूपमा तयार छ भने पहिलो यौनसम्पर्कमा कठिनाइ हुनैपर्छ भन्ने केही छैन। त्यसैगरी पहिलो यौनसम्पर्कमा रगत नै आउनुपर्छ भन्ने पनि छैन।

योनि महिलाको नली आकारको प्रजनन अङ्ग हो र बाहिरवाट देखिने प्वाललाई योनिद्वार भनिन्छ। यही योनिद्वारको ठीक भित्रपट्ट िगुजमुज परेको पातलो छालाको पत्र वा झिल्ली हुन्छ। यसलाई योनिच्छद ९ज्ymभल० भनिन्छ। योनि तथा मूत्रद्वारलाई दुवैतिरबाट छोप्ने छालाका पत्रहरू हुन्छन्, जसलाई सानो भगोष्ठ भनिन्छ। भग क्षेत्रमै मूत्रद्वार -पिसाब आउने प्वाल) भन्दा माथि अलि उठेको मासुको भाग हुन्छ, जसलाई भगांकुर भनिन्छ। विशेष गरी विवाह नगरेसम्म कुमारित्व -कौमार्य) नतोडिएको हुनुपर्छ भन्ने हाम्राे सामाजिक मान्यता छ। हुन त केटामा पनि यो कुरा लागू हुनुपर्ने हो। वास्तवमा यौनसम्पर्क राख्नु नै कुमारित्व वा कुमारत्व तोडिनु हो। केटाहरूको सन्दर्भमा धेरै चासो नदिए पनि केटीको सन्दर्भमा पर्याप्त चासो दिइन्छ। पहिले-पहिलेको जमानामा योनिमा भएको योनिच्छद च्यातिएर रगत आउनुलाई नै केटीको कौमार्य भङ्ग भए-नभएको आधार बनाइन्थ्यो। यद्यपि त्यसको वैज्ञानिक आधार छैन। कतिपय युवतीको योनिच्छद जन्मजात नै नहुन सक्छ वा यसको राम्रोसँग विकास नभएको हुनसक्छ भने यौनसम्पर्कबाहेकका अन्य क्रियाकलापले पनि यसलाई पहिले नै च्यातिदिएको हुन सक्छ। महिलाहरूमा योनिच्छद च्यातिनेजस्ता शारीरिक प्रमाण भएको भनिएको स्थितिमा पक्का शारीरिक सम्बन्ध राखेका वा नराखेको भन्न सकिने स्थिति छैन। पुरुषमा त यो झन् अप्ठयारो हुन्छ भन्ने कुरा स्पष्ट नै छ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger