सगरमाथा खुइलिँदैछ यसरी (तस्वीर video) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » सगरमाथा खुइलिँदैछ यसरी (तस्वीर video)

सगरमाथा खुइलिँदैछ यसरी (तस्वीर video)

Written By Unknown on Thursday, May 16, 2013 | 9:22 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA



सगरमाथा चुचुरो तथा सगरमाथा शिखर समेत रहेको सगरमाथा राष्ट्रिय निकुञ्जका विभिन्न क्षेत्रमा गरिएको अध्ययनले सन् १९६० को दशकदेखि त्यस क्षेत्रमा तापक्रम बढ्न थालेको र सगरमाथा क्षेत्रका कतिपय स साना हिमनदीहरु लोप भैसकेको देखाएको छ । शोधकर्ताहरुका अनुसार सगरमाथाले आफ्नो ‘हिम काँचुली’ त्यागिरहेको छ र हिमालमा हिमरेखा १८० मिटरले माथि सरिसकेको छ ।

इटालीको मिलान विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका नेपाली विद्यार्थी सुदिप ठकुरी सहितको टोलीले गरेको पछिल्लो अध्ययन अनुसार पछिल्लो ५० वर्षमा सगरमाथा क्षेत्रका हिमनदी १३ प्रतिशतले खुम्चिएका छन् भने सगरमाथा क्षेत्रको हिमरेखा १८० मिटरले माथि सरेको छ । उनका अनुसार एक वर्ग किलोमिटर भन्दा साना आकारका हिमनदीहरु सुक्ने क्रम निकै तिब्र बनेको छ र सन् १९६० यता हिमनदीको क्षेत्रफल ४३ प्रतिशतले घटिसकेको छ ।

हिउँ पग्लिने क्रम तिब्र बनेको र त्यसलाई नयाँ हिउ परेर भर्ने क्रम कम भएकाले हिमनदी भएका क्षेत्र तथा हिमालका अन्य क्षेत्रमा चट्टान तथा जमिनको सतह देखा पर्ने क्रम तिब्र बनेको छ । सगरमाथा क्षेत्रको हिमनदी सन् १९६२ यता ४ सय मिटरले खुम्चिएको ठकुरीको भनाइ छ ।

शोधकर्ताका अनुसार सगरमाथामा हिउँ तथा बरफको मात्रा तिब्र रुपमा घट्नुको कारण मानव सिर्जित हरिगृह ग्यासका कारण भएको जलवायु परिवर्तन तथा उष्ण्िाकरण हो । तथापि जलवायु परिवर्तन र हिमालयमा आएको यस्तो परिवर्तनबीच दहि्रलो सम्बन्ध प्रमाणित गर्न भने अझै बाँकी रहेको शोधकर्ता बताउँछन् ।

सगरमाथा क्षेत्रको रंगबुक हिमनदी सन् १९२१(बायाँ) र सन् २००९(दायाँ)

सुदिप र उनको टोलीले सगरमाथा सहित सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको हिम परिवर्तन अध्ययनका लागि भुउपग्रह तस्वीर, भौगोलिक नक्सा तथा पुराना ऐतिहासिक दस्तावेजको अध्ययन गर्ने गरेका छन् । नेपाल जलवायु अब्जर्भेटरी स्टेसन तथा जल तथा मौसम विज्ञान विभागका तथ्यांकहरु समेतलाई समावेश गरि

सगरमाथा क्षेत्रको परिवर्तनको अध्ययन भैरहेको सुदिपको भनाइ छ ।

शोधकर्ता सुदिपको टोलीले सन् १९६० यता सगरमाथा क्षेत्रको तापक्रम ०.६ डिग्री सेल्सियसले बढेको र सगरमाथा क्षेत्रमा वषर्ा वा हिमपातको मात्रा १०० मिलिलिटरले घटेको तथ्य पनि पत्ता लगाएको छ । डेलीमेल

सगरमाथा क्षेत्रको इष्ट रंगबुक हिमनदी सन् १९२१(बायाँ) र सन् २००७(दायाँ)


नेपालका हिमालयहरुमा हिउँको मात्रा घट्दै गएको र सेता हिमालय काला पहाडमा परिणत हुँदै गएका समाचारहरु नौला होइनन् । पछिल्लो एक अध्ययनले विश्वको सर्वोच्च शिखर सगरमाथामा पनि हिउँ तथा बरफको मात्रा उच्च दरमा घट्दै गएको र सगरमाथा निरन्तर खुइलिँदै गएको तथ्य सार्वजनिक गरेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger