तपाईलाई कन्डम किन्न लाज लाग्ने भए कन्डम अब घरमै - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » तपाईलाई कन्डम किन्न लाज लाग्ने भए कन्डम अब घरमै

तपाईलाई कन्डम किन्न लाज लाग्ने भए कन्डम अब घरमै

Written By Unknown on Saturday, May 4, 2013 | 3:41 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
युवा होस् वा वृद्धा, अधिकांशले लाजले गर्दा कन्डम पसलमा गएर कन्डम किन्न सक्दैनन्। त्यसैले असुरक्षित रूपमा भए पनि यौनसम्पर्क गर्न बाध्य हुन्छन् । अब लाजले गर्दा कन्डम किन्न नसक्नेहरूले चिन्ता नगरे हुन्छ। फोनको भरमा घरमै कन्डम आउनेछ। नेपालको जुनसुकै स्थानमा भए पनि बैंक खातामा पैसा जम्मा गर्नासाथ हातमा कन्डम पर्नेछ। त्यो पनि सुरक्षित कुरियरमार्फत। चितवनको नारायणगढस्थित चितवन कन्डम हाउसले सुरक्षित यौनसम्पर्कका लागि यस्तो अभियानको थालनी गरेको हो। पछिल्लो समय जनचेतना हुँदाहुँदै पनि लाज र संकोचले गर्दा कन्डमको प्रयोगबिना नै यौनसम्पर्क गर्दा एचआईभी एड्स लाग्ने खतरा बढेर गएपछि हाउसले यस्तो अभियानको थालनी गरेको हो। कन्डम हाउसले फोन सम्पर्कमार्फत बैंकमा पैसा जम्मा गर्न साथ कन्डम मात्र होइन, सेक्स टोय -यौन खेलौना) समेत कुरियर गरेर पठाउने व्यवस्था मिलाएको छ। अहिले यो हाउसबाट बुटवल र नेपालगन्जमा कुरियरमार्फत कन्डम जान थालेको छ। ‘सुरक्षित यौनसम्पर्कका लागि बैंक ब्यालेन्स गर्नेलाई कुरियरमार्फत कन्डम र सेक्स टोय पठाउने अभियान थालेका छौं,’ कन्डम हाउसका सञ्चालक तुलसी रिमालले भने, ‘अभियान सुरु भएको धेरै नभए पनि प्रभावकारी बनेको छ।’
उनले फोन गरेर बैंक खातामा पैसा जम्मा गर्नासाथ चाहिएका अस्थायी साधन हातमा पर्ने बताए। १५ वर्षका युवायुवतीदेखि ७८ वर्ष उमेरका वृद्धसम्म कन्डम र सेक्स टोयका सामान लिन आउँछन्। श्रीमती नभएका वृद्धहरूले भने महँगा सेक्स टोय लगेर यौनचाहना पूरा गर्ने गरेका छन्।
हाउसमा ५ रुपैया ँदेखि ८ सय मूल्यका कन्डम छन्। त्यस्तै २ हजारदेखि १७ हजार रुपैयाँसम्मका सेक्स टोयका विभिन्न साधन राखिएको छ। हाउसले निःशुल्क रूपमा समेत कन्डम वितरण गर्दै आएको छ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger