विचरा अमेरिकी हुलाकी - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » विचरा अमेरिकी हुलाकी

विचरा अमेरिकी हुलाकी

Written By Unknown on Thursday, May 23, 2013 | 8:27 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

चिठीपत्र पूराउने हुलाकीका लागि विश्वमा सबैभन्दा जोखिमपूर्ण सहर कुन होला ? विश्वकै जोखिमपूर्ण सहरको बारेमा त थाहा भएन तर अमेरिकामा हुलाकीका लागि सबैभन्दा खतरनाक सहर भने लस एन्जल्स हो ।

अमेरिकी हुलाक सेवा कार्यालयका अनुसार लस एन्जल्स कुकुरको आक्रमणका कारण हुलाकीहरुका लागि सबैभन्दा जोखिमपूर्ण सहर बनेको छ । लगातार दोश्रो वर्ष सबैभन्दा जोखिमपूर्ण सहरको उपाधि उचालेको लस एन्जल्समा हुलाकीहरु बारम्बार कुकुरको टोकाइबाट प्रताडित हुने गरेका छन् ।

लस एन्जल्समा सन् २०१२ मा हुलाकीलाई कुकुरले टोकेका ६९ वटा घटना सार्वजनिक भए । जबकी वासिंटन, सन एन्टोनियो तथा सेयटल संयुक्त रुपमा दोश्रो स्थानमा रहे । ती सहरमा ४२-४२ जना हुलाकीलाई कुकुरले टोक्यो । तेश्रो स्थानमा रहेको सिकागोमा ४१ जना हुलाकी कुकुरको तारो बने । अमेरिकाभर गरेर अघिल्लो वर्ष हुलाकीलाई कुकुरले टोकेका ५ हजार ८ सय ७९ वटा घटना भएका बताइएको छ ।

अमेरिकी हुलाक सेवा कार्यालयकी प्रवक्ताले कुकुरपाल्ने घरधनीको लापरवाहीका कारण यस्ता घटना बढिरहेको बताइन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger