महिलाले घरमै पाइन् पेट जोडिएका जुम्ल्याहा बच्चा - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » महिलाले घरमै पाइन् पेट जोडिएका जुम्ल्याहा बच्चा

महिलाले घरमै पाइन् पेट जोडिएका जुम्ल्याहा बच्चा

Written By Unknown on Thursday, May 9, 2013 | 4:07 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
भारतमा एक महिलाले पेट जोडिएका जुम्ल्याहा बच्चा पाएकी छिन् । पेट जोडिएका जुम्ल्याहा बच्चा जन्मिनु आश्चर्य त हो नै, अझ ठूलो आश्चर्य त के भने उनले अस्पताल नै नगईकन घरमै सामान्य तरिकाले यस्ता बच्चा पाइन् ।
भारतको महाराष्ट्रस्थित राइगाड जिल्लाको पानवेलमा बस्ने शलु पवार नामकी ती महिलाले केही दिनअघि मात्र यस्तो जुम्ल्याहा बच्चा घरमै जन्माएकी हुन् । शलुका श्रीमानले गाडी चलाएर परिवारको गुजारा गरेका थिए र श्रीमतीलाई सुत्केरी हुने बेला निकै पीडा भएपनि उनीसँग अस्पताल लग्ने पैसा नभएकाले घरमै सुत्केरी गराए ।

सामान्यतया यस्तो अंग जोडिएका जुम्ल्याहा बच्चा महिलाले सामान्य रुपमा पाउन सक्दैनन् र शल्यक्रिया गरेर निकाल्नुपर्छ । तर शलुले भने यो मान्यतालाई झुट सावित गरिदिइन् । बिचरीलाई न त आफ्नो पेटमा जोडिएका जुम्ल्याहा बच्चा छन् भन्ने थाहा थियो, न त थाहा भएरै पनि अस्पताल जाने औकात थियो । तर जे होस् दुखीसँग भगवान हुन्छ भन्ने उक्तिलाई चरितार्थ गर्दै उनले सकुसल रुपमा जोडिएका जुम्ल्याहा पाएकी छिन् ।

तर यी पेट जोडिएका जुम्ल्याहालाई अब के गर्ने ? कसरी उपचार गर्ने ? उनी र उनको श्रीमानलाई केही थाहा छैन । तर खुसीको कुरा के भने भारतमा यस्ता अंग जोडिएका जुम्ल्याहा बच्चालाई सरकारले नै उपचार गर्नुपर्ने सर्वोच्च अदालतले अघिल्लो हप्ता फैसला गरिदिएको छ । अब सायद यी बच्चाहरुले पनि सरकारी उपचार पाउँछन् होला । स्मरण रहोस् विश्वमा हरेक ४ लाख जिवित जन्मने शिशुमा १ जोडि जुम्ल्याहा यस्ता जोडिएका हुन्छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger