मुसर्रफलाई आतंकवादको आरोप - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » मुसर्रफलाई आतंकवादको आरोप

मुसर्रफलाई आतंकवादको आरोप

Written By Unknown on Saturday, April 20, 2013 | 10:09 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
इस्लामावाद,  पाकिस्तानका पूर्वसैनिक एवं पूर्वराष्ट्रपति पर्वेज मुर्सरफलाई सन् २००७ मा न्यायाधीशहरूलाई गैरकानुनी ढंगले पक्राउ गरेको अभियोगमा दुई सातासम्म न्यायायिक हिरासतमा राख्ने आदेश दिइएको छ ।

मुसर्रफले आफूविरुद्धको मुद्दालाई राजनीतिक रूपले प्रेरित भन्दै आएका छन् । उनले सन् २००७ मा मुलुकमा संकटकाल घोषणा गरेका थिए । यसविरुद्धमा बोल्ने न्यायाधीशलाई उनले बर्खास्त गरेका थिए । यही मुद्दामा मुसर्रफलाई गत साता मात्र अदालतले हाजिर हुन बोलाएको हो । उनी मेमा हुन लागेको आमनिर्वाचनमा सहभागी हुनका लागि पाकिस्तान आएका थिए । उनलाई निर्वाचनमा सहभागी हुनबाट अदालतले सुरुमा प्रतिबन्ध लगाएको थियो । मुसर्रफका वकिलले यसविरुद्ध उपल्ला अदालतमा अपिल गर्ने बताएका छन् ।
सन् १९९९ देखि २००७ सम्म सत्तामा रहेका उनलाई शुक्रबार पक्राउ गरिएको हो । उच्च न्यायालयले यो गतिविधिलाई आतंकवाद कार्य मानेको छ । अदालतले मुसर्रफलाई राजधानी इस्लामावादको आतंकवाद निरोधी अदालतमा उपस्थित गराएको छ । उनलाई  सर्वोच्च अदालतले बिहीबार पक्राउ आदेश दिएको थियो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger