प्रचण्डलार्इ टीका लगाउने को हुन् यी ? - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » प्रचण्डलार्इ टीका लगाउने को हुन् यी ?

प्रचण्डलार्इ टीका लगाउने को हुन् यी ?

Written By Unknown on Friday, February 1, 2013 | 12:31 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
१९ माघ, काठमाडौं । संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष प्रल्हाद गिरी (पवन) ले शुक्रबार पेरिसडाँडामा आयोजित एक कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्डका हातबाट टीको लगाएर एमाओवादीमा विलय भएको घोषणा गरेका छन् । यो अवसरमा गिरीले पनि प्रचण्डलाई टीका लागाएका छन् । विगतमा जयकृष्ण गोइतसँगै मधेसमा भूमिगत सशस्त्र संघर्ष सञ्चालन गरी केही वर्षदेखि सरकारसँग वार्तामा आएका गिरी त्यसअघि नेकपा एमालेका पर्साका प्रभावशाली नेता मानिन्थे ।

को हुन् प्रल्हाद ?

पर्साको औराहा- ५ मा जन्मिएका, ६१ वर्षे गिरी संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक भूमिगत सशस्त्र समूहमा लाग्नुअघिसम्म नेकपा एमालेका त्यागी नेता मानिन्थे । विद्यार्थी कालदेखि नै को-अर्डिनेशन केन्द्रदेखि माले, एमाले हुँदै ०४६ सालपछि उनी एमाले पर्साको जिल्ला सचिव बनेका थिए ।वि.सं.०५१ सालको मध्यावधि चुनावमा एमालेका तर्फबाट तेस्रो स्थानमा आएका गिरीले ०५६ सालमा एमाले तर्फबाट प्रतिनिधिसभामा पर्सामा २० हजार भोट ल्याएका थिए । तत्कालीन गिरिजा नेतृत्वको सरकारले पाँच ठाउँको बुथ कब्जा गरेर थोरै मतले आफूलाई हराएको गिरीले गुनासो गर्दै आएका छन् ।’

गिरीले ०६२ सालमा एमाले परित्याग गरेका हुन् । एमाले छाडेपछि केही समय अन्यौल र धरमर अवस्था रहेका उनी मधेस आन्दोलनमा सक्रियतापूर्वक लागेका थिए । त्यहीबेला भूमिगत नेता जयकृष्ण गोइतजीसित उनको सम्पर्क भयो र उनी त्यतै लागे । आफू व्यक्तिगतरुपमा लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने मान्छे भएको र लामो अवधिसम्म एमालेमा राजनीति गरेको हुनाले लोकतान्त्रिक संस्कार, मनोविज्ञान र व्यवहारमा बसेको उनको दाबी छ ।’
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger