
| SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
दैलेख, माघ १९ - एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री बाबुराम भट्टराई सबैभन्दा मूर्ख र निरंकुश भएको आरोप लगाएका छन् । इतिहासमै बाबुराम क्रूर, अत्यन्त निरंकुश साबित हुन खोज्दैछन्, बिहीबार दैलेखमा आयोजित पत्रकार भेटघाटमा उनले भने, त्यस्ता कु मान्छेलाई हौसला दिने पुष्पकमल दाहाल पनि अपराधी हुन् ।सरकारविरोधी आन्दोलनमा उत्रिएका विपक्षी दलको शुक्रबार दुल्लूमा आयोजना हुने सभालाई सम्बोधन गर्न नेपाल यहाँ आएका हुन् । एमाओवादीको शासनबाट जनताले न्याय नपाउने जिकिर गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, 'जनताले संविधानसभा चुनावमा झुक्किएर जिताएका हुन्, अब जनताबाट त्यस्तो भूल हुने छैन ।' प्रध्ाानमन्त्री भट्टराई र एमाओवादी अध्यक्षको हालत पोलपोटजस्तै हुने उनले बताए । यिनीहरू निरीह बन्ने दिन आउँदैछन् । अपराधकर्म कहिल्यै छिप्दैन् । निभ्न लागेका बत्ती जसरी चम्किएका दाहाल र भट्टराईको हालत बिगि्रसकेको उनको भनाइ थियो ।
सरकार पे्रसमाथि नांगो आक्रमणमा उत्रिएकोमा आक्रोश पोखे । पत्रकारलाई जिउँदै गाड्ने अपराधीलाई खुलेआम बचाउन लाग्ने, पत्रकारको नामै किटेर कुट्न लगाउने, सञ्चारमाध्यम तोडफोड गर्ने जुन अलोकतान्त्रिक काम भएका छन्, त्यसको एमालेले कडा प्रतिवाद गरेको उनले बताए । सत्ताधारी दलभन्दा विपक्षीलाई लोकतन्त्र र देशको माया भएकाले जिम्मेवार भएको उनको कथन थियो ।
गृहमन्त्री विजयकुमार गच्छदारलाई अपराधीको मतियार नबन्न नेपाले सुझाव दिए । 'भोलि अपराधको भागिदार गच्छदार पनि बन्नुपर्छ,' उनले भने, होसियारीपूर्वक गृहप्रशासन चलाउनुस् । प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले जागिर जोगाउने निहुँमा एमाओवादीको अचाक्ली चाकडी गरेकोमा आश्चर्य व्यक्त गरे । विधिको शासनविपरित कुकृत्यलाई ढाकछोप गर्न निर्देशन दिने अधिकार रानालाई नभएको उनको भनाइ थियो । यसैबीच, नेता नेपालले माओवादीद्वारा हत्या गरिएका पत्रकार डेकेन्द्रका परिवार, एमाले अगुवा कार्यकर्तालाई भेटेका थिए ।
एमाओवादी निरंकुता अब टिक्दैन विपक्षी दलद्वारा शुक्रबार दैलेखको दुल्लूमा आयोजना हुने बृहत् जनसभालाई सम्बोधन गर्न आइपुगेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाओवादीको निरंकुता धेरै दिन नटिक्ने दाबी गरेका छन् । जनमोर्चाद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केसीले भने, 'सत्ताको आडमा राजा ज्ञानेन्द्रजस्तै मुढेबल लगाएर लादिएको निरंकुता छिटै अन्त्य हुने छ ।'
इतिहासमै देशको राष्ट्रियता र लोकतन्त्र संकटमा परेको केसीको टिप्पणी थियो । एमाओवादीकै एक दलीय तानाशाही व्यवहारका कारण मुलुक असफल बन्न लागेको बताए । संसद नभएका बेला विपक्षी सडकमा जानु स्वाभाविक हो । सभालाई सम्बोधन गर्न कांगे्रस सभापति सुशील कोइराला, युवा नेता गगन थापा बिहीबार साँझ दुल्लू आइपुगेका छन् ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !