Education, News, Technology, Information, Goship
Educational News :
#

recent

Powered by Blogger.

Latest Post

वीर्य उत्पादन घटाउँछ सफ्ट ड्रिंक्सले

Written By Unknown on Friday, January 24, 2014 | 3:58 AM

http://education-college-admission.blogspot.com/
दैनिक एक लिटरजति कोला पिउने पुरुषको वीर्य कमी भएको अनुसन्धानले पत्ता लगाएको छ । गर्मी बढ्न थालेपछि चिसो पेय सबैका पि्रय बन्न थाल्छन् । महिला, पुरुष र बालबालिका सबैको रोजाइमा पर्छ कोल्ड डि्रंक्स ।

तर, खाँदा मीठो भए पनि सफ्ट डि्रंक्स अस्वस्थ्यकर हुने विभिन्न अध्ययनले देखाउँदै आएका छन् । एक अध्ययनअनुसार दैनिक एक लिटरजति कोला पिउने पुरुषको वीर्य उत्पादनमा नकारात्मक असर गर्छ ।
Video

डेनमार्कमा गरिएको सो अध्ययन अनुसन्धानकर्ताका अनुसार दैनिक एक लिटर कोला पिउने पुरुषको वीर्य उत्पादनमा ३० प्रतिशतले कमी आउँछ । थोरै वीर्य उत्पादन हँुदा पुरुषको सन्तानोत्पादन क्षमतामा असर पर्छ ।

अनुसन्धानकर्ताले कोलाले पुरुषको प्रजनन स्वास्थ्यमा गर्ने असरबारेमा अध्ययन गरेका थिए । अध्ययनमा दुई हजार पाँच सय पुरुषलाई सहभागी गराइएको थियो । अनुसन्धानमा सफ्ट डि्रंक्स नपिउने पुरुषको वीर्यको स्तर उच्च भएको पाइयो । कोला नपिउने पुरुषको प्रत्येक मिलिलिटर सिमनमा पाँच करोड वीर्य भेटियो । कोला नपिउने पुरुषको जीवनशैली पनि स्वस्थकर भएको अनुसन्धानले पत्ता लगाएको छ ।

तर, यता दैनिक एक लिटरजति कोला पिउने पुरुषको वीर्य कमी भएको अनुसन्धानले पत्ता लगाएको छ । दैनिक कोला पिउने पुरुषको प्रत्येक मिलिमिटर सिमनमा जम्मा तीन करोड ५० लाख वीर्यमात्र पाइएको अनुसन्धाताले बताएका छन् । यसैगरी, अत्यधिक कोला पिउने पुरुषको जीवनशैली पनि अस्वस्थकर रहेको पाइएको छ । उनीहरूले धेरै फास्टफुड खाने, थोरै फलफूल र हरियो तरकारी खाने गरेको पाइएको छ ।

कोला लगायत सफ्ट डि्रंक्समा पाइने क्याफिनले पुरुषको वीर्यको गुणस्तर न्यून बनाउने सम्बन्धमा अहिले ठोकुवा गर्न नमिल्ने अनुसन्धानकर्ता डा. टिना कोल्ड जेनसन बताउँछिन् । क्याफिनले पुरुषको प्रजनन स्वास्थ्यबारेमा गर्ने असरबारेमा ज्यादै थोरै अध्ययन भएकाले क्याफिनलाई यसको सम्पूर्ण दोष दिन नमिल्ने उनको तर्क छ ।

त्यसैले यससम्बन्धमा थप अध्ययन गरिनुपर्ने उनको भनाइ छ । ‘तर, अत्यधिक कोला पिउने पुरुष अन्य पुरुषको तुलनामा धेरै फरक रहेको हामीले अनुसन्धानमा पायौँ,’ कोपेनहेगन स्थित रिग्स हस्पिटलकी चिकित्सक टिना भन्छिन् । यस अनुसन्धानको प्रतिवेदन अमेरिकन जर्नल अफ इपिडिमियोलोजीमा छापिएको छ ।

कोलासहित अन्य सफ्ट डि्रंक्सले पुरुषको वीर्यको उत्पादन र गुणस्तरमा मात्र कमी ल्याउँदैन । यसले मोटोपना, चिनी रोगजस्ता थुप्रै रोग निम्त्याउने अनुसन्धानले पत्ता लगाएका छन् ।

१९९८ मा अमेरिकाको सेन्टर फर साइन्स इन पब्लिक इन्टे्रस्टले गरेको अध्ययन प्रतिवेदन ‘लिक्विड क्यान्डी ः हाउ सफ्ट डि्रंक्स आर हार्मिङ अमेरिकन्स हेल्थ’ मा बच्चाद्वारा सफ्ट डि्रंक्सको उच्च सेवन र यसले स्वास्थ्यमा पार्ने अवसरबारेमा उल्लेख गरिएको छ । सफ्ट डि्रंक्स धेरै सेवन गर्ने बच्चाको दाँत सड्ने, पोषणको कमीबाट हुने रोग लाग्ने, मोटोपना र मुटु रोग लाग्ने जोखिम बढी हुने प्रतिवेदनमा भनिएको छ । सफ्ट डि्रंक्सको बढ्दो प्रयोग घटाउन पनि प्रतिवेदनले आग्रह गरेको छ ।

अमेरिकामा पाँच सय ४८ स्कुले विद्यार्थीलाई १९ महिना लगाएर गरिएको अध्ययनअनुसार कोला लगायतका सफ्ट डि्रंक्सले शरीरको मोटाइ बढाउँछ । अध्ययनअनुसार बच्चाले दैनिक लिने हरेक सफ्ट डि्रंक्सले ० दशमलव २४ केजी तौल बढाउँछ । अमेरिकी बालबालिकामा रहेको उच्च मोटोपनाको कारण सफ्ट डि्रंक्सलगायत फास्टफुड र जंकफुडको अत्यधिक सेवन मानिएको छ ।

यसैगरी, सफ्ट डि्रंक्स र मोटोपना सम्बन्धमा आठ वर्ष लगाएर ५० हजार महिला नर्समा अध्ययन गरिएको छ । अध्ययनअनुसार दैनिक सफ्ट डि्रंक्स पिउने महिलाको तौल अध्ययन अवधिमा आठ केजी बढयो । तर, कहिलेकाहीं मात्र पिउने वा सफ्ट डि्रंक्स पिउन कम गर्दै लगेका महिलाको तौल आठ वर्षमा केवल २ दशमलव आठ केजी मात्र बढेको पाइयो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger