Education, News, Technology, Information, Goship
Educational News :
#

recent

Powered by Blogger.

Latest Post

दाइजोमा केटीका बाउले मागे १० लाख फेसबुक लाइक

Written By Unknown on Wednesday, January 1, 2014 | 12:23 AM

विवाहमा केटा पक्षले दाइजोका रुपमा लाखौ रुपैयाँ, मोटर, बंगला मागेको र केटी पक्षले केटा जागिरे हुनु पर्ने जस्ता माग राखेको त सुन्दै आएको हो । तर, यमनमा एक बाबुले आफ्नो छोरीसँग विवाहका लागि फेसबुक लाइक मागेका छन् । त्यो पनि चानचुन हैन, १० लाखको संख्यामा ।

युवतीका बाबुले १० लाख फेसबुक लाइक जुटाउनेलाई छोरी दिने घोषणा गरेका छन् । यमन पारम्परिक समाज भएको देश हो । यो शर्तले त्यहाँका मानिस छक्क परेका छन् ।
http://meroknowledge.blogspot.com/
युवतीकी बाबु सलेम अयाश एक साहित्यकार हुन् । ताइज शहरमा बस्ने सलेमले हुनेवाला ज्वाईँले १० लाख फेसबुक लाइक जुटाउनु पर्ने शर्त राखेका हुन् । त्यो पनि आफ्नो वा हुनेवाला श्रीमतीको नाममा नभई केटीको बाबु सलेम अयाशको फेसबुक पेजमा ।

यमनमा ढाई करोड इन्टरनेट उपभोक्ता भएको अनुमान छ । यस्तोमा १० लाख फेसबुक लाइक जुटाउन त्यति सजिलो छैन । यमनको अल-अथ्याम अखबारका पत्रकार बशराहीलले यस्तो सर्त पहिलोपटक सुनेको बताए । इन्टरनेटमा थुप्रै ब्लगरहरुले सलेमको पेज लाइक गर्न अपील समेत गरेका छन् । सलेम अयाशको फेसबुक पेज बनेको केही दिनमा नै ३० हजारभन्दा बढी लाइक जुटिसकेको छ ।

फेसबुक लाइक मागेकोबारे सोधिएको प्रश्नमा सलेमले भनेका छन्-’यमनमा दाइजोको रुपमा रकम दिने हैसियत कसैसँग छैन ।’ उनले आफ्नो हुनेवाला ज्वाईँले फेसबुक लाइक जुटाउने प्रयास गरेको हेर्न चाहेको तर, यसमा अड्डी नलिने बताएका छन् । उनले भनेका छन्-’यदि मैले उनले कडा मेहनत गरेको पाएँ भने बैबाहिक जीन्दगी खुसी देख्न म आफ्नो अडानमा लचिलो हुन तयार छु ।’

पत्रकार बशराहीलका अनुसार यमनका नौजवानहरु विवाहका लागि केटी पक्षलाई रकम दिन सक्ने अवस्थामा छैनन् । जसका कारण धेरैको विवाह हुन सकेको छैन । त्यहाँको परम्परा अनुसार केटीको बाबुले दाइजोको रुपमा केटा पक्षले दिनु पर्ने रकम तय गर्नेछन् । विवाहमा धेरै धनराशी खर्च गर्नु पर्ने भएपछि पछिल्लो दिनमा सामूहिक विवाहको प्रचलन समेत सुरु भएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger