Education, News, Technology, Information, Goship: poltical crime
Educational News :
#

recent

Powered by Blogger.

Latest Post

Showing posts with label poltical crime. Show all posts
Showing posts with label poltical crime. Show all posts

पैसा लिएर सभासद बनाएको भन्दै तमलोपा कार्यालयमा आगजनी

Written By Unknown on Tuesday, December 31, 2013 | 10:54 PM

पैसाको लिएर व्यापारीलाई सभासद बनाएको भन्दै तराई मधेस लोकतान्त्रिक पार्टीको रुपन्देही जिल्ला कार्यसमितिले विरोध गरेको छ । केन्दि्रय सदस्य एवं जिल्ला अध्यक्ष अतिउल्लाह मुसलमानको नेतृत्वमा पार्टी कार्यकताले कार्यालयमा रहेका कुर्ची, बोर्ड र कागजपत्रहरु जलाएका छन् ।

पार्टी अध्यक्ष महन्थ ठाकुर र महामन्त्री सर्वोन्द्रनाथ शुक्लाले पैसाको आडमा तथा पार्टी सदस्यता समेत नलिएको रामकुमारी गडरियालाई समानुपातिक सभासद बनाएको उनीहरुको आरोप छ ।

असन्तुष्ट कार्यकर्ताले अध्यक्षविरुद्ध नारावाजी गर्नुका साथै पार्टी कार्यालयमा ताला लगाएका छन् । जिल्ला अध्यक्ष मुसलवानले गडरीयालाई सभासदबाट नहटाए कडा आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।

रुपन्देहीका सात वटा निर्वाचन क्षेत्र मध्ये तमलोपाले प्रत्यक्षतर्फ दुई स्थानमा जित हात पारेको थियो । समानुपातिकतर्फ भने अतिउल्लाह मुसलवान, सुनिल कुमार दुवे, हरी कुमारी चौधरी, सकुन्तला हरिजन, मधु सिंहलाई सिफारिस गरिएको थियो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

मेरो ठाँउमा छोरीको हत्यारा सभासद बने : एमाओवादी नेता

एकीकृत नेकपा माओवादीका नेता हेमन्तप्रकाश वलीले जनयुद्धमा आफ्नो छोरीको हत्या गर्ने पूर्व प्रहरी महानिरिक्षक रविन्द्र प्रताप शाहलाई सभासद बनाएको आरोप लगाउनु भएको छ ।
आफ्नो ठाउँमा शाहलाई सभासद बनाएकोमा आक्रोस पोख्दै वलीले तत्काल नसच्याए परिणाम राम्रो नहुने चेतावनी दिनुभयो ।

‘२०४० सालदेखि कम्यूनिष्ट पार्टीमा लागेको हुँ । म जनमुक्ति सेनाको कमिसार भएर काम गरेँ, तीन वर्ष जेल बसेँ, छोरी गुमाए’ मंगलबार रिपोटर्स क्लबमा भएको कार्यक्रममा एमाओवादीका पूर्व पोलिटव्यूरो सदस्य वलीले भन्नुभयो-’तर, अहिले मेरो ठाँउमा छोरीको हत्या गर्ने रविन्द्र प्रताप शाह सभासद भए ।’ प्रचण्ड निकट मानिने नेता वलीले यस्तै अवस्था रहे प्रचण्डको नेतृत्व क्षमतामा समेत प्रश्न उठ्ने बताउनुभयो ।

पार्टीभित्र त्यागी ईमान्दार कार्यकर्ताहरुलाई पाखा लगाउन खोजिएको भन्दै उहाँले अरु पार्टीमा जस्तै एमाओवादीमा पनि प्रदुषणले भरिएको टिप्पणी गर्नुभयो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger