धनकुटामा राप्रपाबाहेक सबै स्थानमा काँग्रेस अगाडि - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » धनकुटामा राप्रपाबाहेक सबै स्थानमा काँग्रेस अगाडि

धनकुटामा राप्रपाबाहेक सबै स्थानमा काँग्रेस अगाडि

Written By Unknown on Thursday, November 21, 2013 | 4:03 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
संविधानसभाको पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत २४० मध्ये ११ स्थानको परिणाम प्राप्त भइसकेको छ ।
सोअनुसार नेपाली काँग्रेस र नेकपा (एमाले)ले क्रमशः छ र पाँच स्थान प्राप्त गरेका छन् । काँग्रेसका उम्मेदवार मनाङबाट टेकबहादुर गुरुङ र काठमाडाँै क्षेत्र नं ५, ८, ९ र १० बाट क्रमशः नरहरि आचायर्, नवीन्द्रराज जोशी, ध्यानगोविन्द रञ्जित, राजेन्द्रकुमार केसी र दाङ क्षेत्र नं २ बाट सुशीला चौधरी विजयी हुनुभएको छ ।
त्यसैगरी एमालेका उम्मेदवार कास्की क्षेत्र नं ३ र ४ बाट रवीन्द्र अधिकारी र सीता गिरी, पाल्पा २ बाट सोमप्रसाद पाण्डेय, रसुवाबाट जनार्दन ढकाल र प्युठान १ बाट वामदेव गौतम विजयी हुनुभएको छ ।
चितवनमा कोइराला अगाडि
चितवन, ६ मङ्सिर । निर्वाचन क्षेत्र नं १ मा एमालेका सुरेन्द्रप्रसाद पाण्डेले छ हजार ८६, काँग्रेसका राजेन्द्र बुर्लाकोटीले पाँच हजार ३२८ र एमाओवादीका यमबहादुर परियारले एक हजार ३३५ प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं २ मा काँग्रेसका शेषनाथ अधिकारीले पाँच हजार ३२१, एमालेका कृष्णप्रसाद खनालले पाँच हजार ०९ र एमाओवादीका विश्वभक्त दुलालले दुई हजार ९६६ मत प्राप्त गर्नुभएको छ ।
यस्तै क्षेत्र नं ३ मा एमालेका कृष्णभक्त पोखरेलले पाँच हजार ७६९, काँग्रेसका भीमबहादुर श्रेष्ठले चार हजार १९९ र एमाओवादीका नारायण दाहालले तीन हजार ५७२ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं ४ मा काँग्रेसका सुशील कोइरालाले आठ हजार ८९८, एमालेका पार्वती रावलले पाँच हजार १५४ र एमाओवादीका चित्रबहादुर श्रेष्ठले पाँच हजार २२ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै क्षेत्र नं ५ मा एमालेका दानबहादुर तामाङले चार हजार ३३६, राप्रपा नेपालका विक्रम पाण्डेले चार हजार १७० र एमाओवादीका अमिक शेरचनले तीन हजार १८ मत प्राप्त गर्नुभएको छ ।

मकवानपुरमा गणना जारी
हेटौँडा, ६ मङ्सिर । संविधानसभा निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसका इन्द्रबहादुर बानियाँले तीन हजार ९६०, नेकपा(एमाले)का अणराज जर्घा मगरले तीन हजार ५४५, एकीकृत नेकपा(माओवादी)का सर्केश घलानले दुई हजार १७० र राप्रपा नेपालका प्रलिता थापाले एक हजार ८७० मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं २ मा एमालेका सुवास ठकुरीले पाँच हजार ६४४, एमाओवादीका नारायणकाजी श्रेष्ठले चार हजार ७५८ र काँग्रेसका जयराम लामिछानेले दुई हजार ९५२ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं ३ मा एमालेका अनन्त पौडेलले तीन हजार ९०९, राप्रपा नेपालका दीपक सिंहले तीन हजार ३९३, काँग्रेसका रघुरमण न्यौपानेले दुई हजार ७५० र एमाओवादीका प्रह्लाद लामिछानेले दुई हजार ५८२ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै क्षेत्र नं ४ मा एमालेका राजाराम स्याङ्ताङले चार हजार ८५०, एमाओवादीका सोनामसिंह स्याङ्ताङले तीन हजार ४५६ र काँग्रेसका उमा दाहालले दुई हजार ३२१ मत प्राप्त गर्नुभएको छ ।

काभ्रेमा मतगणना जारी
बनेपा, ६ मङ्सिर । काभ्रेपलाञ्चोक क्षेत्र नं १ मा नेपाली कांग्रेसका तीर्थबहादुर लामाले पाँच हजार ७३४, एमालेका सङ्ग्रामजित लामाले चार हजार १९७ र एमाओवादीका सूर्यमान दोङले तीन हजार ४१० मत प्राप्त गर्नुभएको छ ।
काभ्रे क्षेत्र नं २ मा एमालेका रामहरि सुवेदीले तीन हजार ३२, काँग्रेसका शिवप्रसाद हुमागाईंले दुई हजार ५४९ र एमाओवादीका अकलबहादुर थिङले एक हजार ६१४ प्राप्त गर्नुभएको छ ।
काभ्रे क्षेत्र नं ३ मा काँग्रेसका कञ्चनचन्द्र बादे श्रेष्ठले दुई हजार ८६१, एमालेका गोकुल बाँस्कोटाले एक हजार ९८९, एमाओवादीका मीना तामाङले ९७१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै काभ्रे क्षेत्र नं ४ मा एमालेका विदुर सापकोटाले छ हजार ३३, काँग्रेसका कुमार लामिछानेले तीन हजार ४३० र एमाओवादीका सूर्यमान दोङले दुई हजार ३५१ मत प्राप्त गर्नुभएको छ ।

बागलुङ–२ मा काँग्रेसको अग्रता
बागलुङ, ६ मङ्सिर । निर्वाचन क्षेत्र नं २ मा मतगणना जारी छ ।
प्रारम्भिक मत परिणामअनुसार काँगे्रसका प्रकाश शर्मा पौडेलले ६७६ मत लिएर अग्रता हासिल गर्नुभएको छ । त्यस्तै दोस्रो स्थानमा राष्ट्रिय जनमोर्चाका राजेन्द्र ढुङ्गानाले ४७६ र तेस्रो स्थानमा रहनुभएका नेकपा (एमाले) का सूर्य पाठकले दुई सय मत प्राप्त गर्नुभएको छ । एकीकृत नेकपा (माओवादी) का लीलाबहादुर थापा मगरले भने एक सय ८० मत प्राप्त गर्नुभएको छ ।

कञ्चनपुरका चार वटै निर्वाचन क्षेत्रको मतगणना जारी : नेकाँ तीन क्षेत्रमा अगाडि
कञ्चनपुर, ६ मङ्सिर । संविधानसभा सदस्य निर्वाचनको पछिल्लो मतगणनाको नतिजाअनुसार निर्वाचन क्षेत्र नं १ मा एकीकृत नेकपा(माओवादी) तथा निर्वाचन क्षेत्र नं २, ३ र ४ मा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
अपराह्न २:४५ बजे घोषित परिणामअनुसार क्षेत्र नं १ मा एमाओवादीका बिना मगरले तीन हजार ३७२, काँग्रेसका दिवानसिंह विष्टले दुई हजार ८८८ र एमालेका लालबहादुर विकले दुई हजार २२७ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं २ मा एमालेका तारालामा तामाङले तीन हजार ३४४, काँग्रेसका एनपी सावदले तीन हजार ४३९ र एमाओवादीका अमिन दहितले दुई हजार १६ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी क्षेत्र नं ३ मा काँग्रेसका बहादुरसिंह थापाले चार हजार ४४६, एमालेका नरबहादुर धामीले तीन हजार ५३२ र एमाओवादीका टेकेन्द्रप्रसाद भट्टले दुई हजार २८५ मत प्राप्त गर्नुभएको छ क्षेत्र नं ४ मा काँग्रेसका रमेश लेखकले सात हजार ५७३, एमाओवादीका मोहन गिरीले दुई हजार ५५८, राप्रपाका धर्मराज जोशीले दुई हजार ३७२ र एमालेका उर्वादत्त पन्तले दुई हजार २६७ मत प्राप्त गर्नुभएको छ ।

उदयपुरका तीन वटै निर्वाचन क्षेत्रमा काँग्रेस अगाडि
उदयपुर, ६ मङ्सिर । अहिलेसम्मको मतगणनाअनुसार नेपाली काँग्रेसले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रबाट अग्रता कायम गरिरहेको छ ।
अहिलेसम्मको मतगणनाको परिणामअनुसार क्षेत्र नं १ मा काँग्रेसका डा नारायण खड्काले चार हजार १२ र नेकपा(एमाले)का मणि पौडेलले एक हजार ९२४ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले बताएको छ । यस्तै एमाओवादीका राजन किराँतीले एक हजार ९१७ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं २ मा नेपाली काँग्रेसकी प्रमिला राईले ३७८, एमालेकी मञ्जु चौधरीले २८९ र एमाओवादीका सुरेश राईले १८६ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं ३ मा काँग्रेसका नारायण कार्कीले ५७८, एमालेका जगन्नाथ खतिवडाले ४९२ र एमाओवादीका मोहन खत्रीले ११८ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले बताएको छ ।
क्षेत्र नं १ मा मतदाता ५१ हजार २७३ र क्षेत्र नं २ मा ४८ हजार ३३३ छन् । यस्तै क्षेत्र नं ३ मा ४३ हजार २६० मतदाता छन् । जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा ८७ मतदानस्थल, २०८ मतदान केन्द्र र अन्य आठ अस्थायी मतदान केन्द्र थिए ।

ललितपुरका तीन वटै क्षेत्रमा काँग्रेस अगाडि: क्षेत्र नं ३ मा नेकाका विजय पक्का
ललितपुर, ६ मङ्सिर । यहाँको मतगणनाअनुसार तीन वटै क्षेत्रमा नेपाली काँग्रेस अग्रस्थानमा छ ।
अपराह्न ३ बजेपछि प्राप्त परिणामअनुसार क्षेत्र नं १ मा नेपाली काँग्रेसका उदयशम्शेर जबराले पाँच हजार ००६, नेकपा(एमाले)का मधुसूदन पौडेलले चार हजार ९९७ र एकीकृत नेकपा (माओवादी)का हरि दाहालले एक हजार ९४१ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं २ को मत परिणामअनुसार काँग्रेसका चन्द्र महर्जनले आठ हजार ३३९, एमाओवादीका सरोज डङ्गोलले चार हजार ६६० र एमालेका कृष्णलाल महर्जनले तीन हजार ५८४मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी क्षेत्र नं ३ मा काँग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले १६ हजार ४६३, एमालेका रघुजी पन्तले आठ हजार ७१० र एमाओवादीका दिनेश महर्जनले आठ हजार ४२४ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं ३ मा मत गणना करिब ७० प्रतिशत सकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत टेकनारायण कुँवरले बताउनुभयो ।
काँग्रेसका अमात्यले जित्ने निश्चित भएपछि मतगणनास्थलमा बिहान १० बजेदेखि भेला भएका सो दलका कार्यकर्ताको भिड अहिले अपराह्न ४ बजेसम्म बाक्लिएको छ । सो भिडले पार्टीको झन्डा बोकेर नारा लगाइरहेको छ ।

भक्तपुर–१को मतगणना सुरु
भक्तपुर, ६ मङ्सिर । पहिलो पटक भक्तपुर जिल्ला क्षेत्र नं १ को मतपरिणाम प्रकाशनमा आएको छ ।
सो क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका नारायणमान बिजुक्छेले ८०७, नेपाली काँग्रेसका कृष्णलाल भँडेलले ५००, एमाओवादीका सानु सुवालले १९६ र एमालेका रञ्जु नापितले १४३ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी क्षेत्र नं २ मा नेमकिपाका सुनिल प्रजापतिले छ हजार ५०९, काँग्रेसका रामेश्वर ढुङ्गेलले छ हजार ८०, एमालेका महेश बस्नेतले पाँच हजार ८५० र एमाओवादीका डिपी ढकालले तीन हजार २५० मत प्राप्त गर्नुभएको छ ।

राप्रपा अगाडि
धनकुटा, ६ मङ्सिर । निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले) का टीकाराम चेम्जोङले छ  हजार ९११, नेपाली काँग्रेसका अजितनारायण थापाले चार हजार ८५, सङ्घीय समाजवादी पार्टीका रकम चेम्जोङले  दुई हजार ८१८ र एमाओवादीका हेमराज भण्डारीले दुई हजार ७५४ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं २     मा राप्रपाका सुनिल थापाले तीन हजार ५१८, एमालेका राजेन्द्र राईले तीन हजार ९८, एमाओवादीका हरिराज खेवाले एक हजार ९२७ र काँग्रेसका आनन्दसन्तोषी राईले ५९२ मत प्राप्त गर्नुभएको छ ।

मतगणना जारी
रौतहट, ६ मङ्सिर । निर्वाचन क्षेत्र नं १ मा मधेसी जन अधिकार फोरम (लोकतान्त्रिक) का अजय गुप्ताले चार हजार २५१, नेकपा (एमाले)का माधवकुमार नेपालले तीन हजार ८७८ र सङ्घीय सद्भावना पार्टीका अनिल झाले दुई हजार ३०९ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं २ मा फोरम (लोकतान्त्रिक) का मोहमदमुस्ताक आलमले सात हजार ९६३, नेपाली काँग्रेसका अफताव आलमले छ हजार ५६५ र एमाओवादीका किरण साहले तीन हजार १७५ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं ३ मा फोरम नेपालका रामकिशोर यादवले चार हजार ४४३, एमाओवादीका प्रभु साहले तीन हजार ६५९ र नेकाँका हृदयनारायण यादवले एक हजार १८४ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं ४ मा एमाओवादीका सत्यनारायण भगतले दुई हजार ७०६, एमालेका सरला यादवले दुई हजार १५१ र राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रदीपशम्शेर जबराले दुई हजार ३७ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं ५ मा नेकाँका जितेन्द्र यादवले दुई हजार ५९४, एमाओवादीका विन्देश्वर रायले एक हजार ९८१ र एमालेका वासुराय चौधरीले एक हजार ५०५ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं ६ मा नेकाँका देवप्रसाद तिमिल्सिनाले तीन हजार ५४१, एमालेका रामकुमार भट्टराईले तीन हजार ३३ र एमाओवादी देवेन्द्र पटेलले एक हजार ४९३ मत प्राप्त गर्नुभएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger