हेर्नुस्त अब सपनाको भिडियो रेकर्ड गरिने, आफुले देखेको सपना आफ्नै आँखाले हेर्न पाइने - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » हेर्नुस्त अब सपनाको भिडियो रेकर्ड गरिने, आफुले देखेको सपना आफ्नै आँखाले हेर्न पाइने

हेर्नुस्त अब सपनाको भिडियो रेकर्ड गरिने, आफुले देखेको सपना आफ्नै आँखाले हेर्न पाइने

Written By Unknown on Monday, September 16, 2013 | 10:17 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


 निदाएको बेलामा देखेको सपनाको दृश्य बिउँझिएपछि सबै शून्य हुन्छ । सपनामा एकपटक देखिएको दृश्य ब्युँझिएपछि चाहेर पनि त्यो फेरि देख्न वा साँच्चीकै जिवनमा आँखाले हेर्न असम्भव नै हुन्छ । तर अब भने निदाएको बेलामा देखेको सपना आफ्नै आँखाले हेर्न पाइने भएको छ ।
भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्

जापानका वैज्ञानिकहरुले मानव मस्तिष्कको अवचेतन अवस्था निद्रामा आएको सपनाको भिडियो रेकर्ड गर्नमा जुटिरहेका छन् । वास्वतमा मानिसको सपनामा घुसपैठ गरी निद्राको बेला मस्तिष्कको क्रियाकलापलाई युएसबी, फ्लास ड्राइभ वा भिडियो डिस्कमा रेकर्ड गर्ने तयारीमा वैज्ञानिकहरु दिलोज्यान दिएर जुटिरहेको बताइएको छ । यो प्रविधिबाट व्यक्तिलाई मज्जाले सुत्न दिइन्छ र ऊ मस्त सुतेको बेलामा उसलाई कुनै बाधा नपुग्नेगरी उसको मस्तिष्कका क्रियाकलाप तथा उसले देखिरहेको सपना रेकर्ड गरिनेछ ।

वैज्ञानिकका अनुसार सुतेको मानिसको मस्तिष्कको अध्ययन गरी उसले सपना देखिरहेको कुरा छुट्टाउन सफल भइसकिएको छ र अब सपनालाई रेकर्ड गर्ने प्रयास भैरहेको छ । ता की त्यसरी रेकर्ड गरिएका सपनालाई पछि कम्प्युटर वा टेलिभिजनको पर्दामा मज्जाले हेर्न सकियोस् ।
भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस् 
जापानी वैज्ञानिकहरुले निद्राको भिडियो रेकर्ड गर्ने यो अध्ययनका लागि तिनजना पुरुषलाई निम्त्याए । जब ती तिनजना व्यक्तिहरु आरामले सुते तब उनीहरुको अवचेतन मनलाई एक विशेष उपकरणसँग जोडियो । उक्त उपकरणले मस्तिष्कको गतिविधिमा निगरानी राख्छ । त्यसक्रममा जब ती पुरुषहरु गहिरो निद्रामा पुगे तब उनीहरुको मस्तिष्कको गतिविधि निकै तिब्र भएको पाइयो ।
केही समयपछि ती तिनजनालाई उठाएर के सपना देख्यौ ? भनेर सोधियो । उनीहरुको भनाई अनुसार देखेका सपनाका कहानीलाई समेत रेकर्ड गरियो र त्यो सँगै अवचेतन मनका गतिविधिलाई समेत सँगै मिलाएर देखाइयो । वैज्ञानिकहरुका अनुसार अवचेतन मनका गतिविधि तथा सपनाकेा कहानीलाई समायोजन गरी सुहाउँदा दृश्य सहितको सजिव फिल्म तयार पार्ने कम्प्युटर प्रोग्रामको विकाश गरेसँगै मानिसको सपनाको भिडियो रेकर्डिङ मज्जाले टेलिभिजनको पर्दामा हेर्न सकिने वैज्ञानिकहरुको दाबी छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger