खोला तर्न पैसा, तौल अनुसार एक सयदेखि तीन सयसम्म तिर्नुपर्ने - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » खोला तर्न पैसा, तौल अनुसार एक सयदेखि तीन सयसम्म तिर्नुपर्ने

खोला तर्न पैसा, तौल अनुसार एक सयदेखि तीन सयसम्म तिर्नुपर्ने

Written By Unknown on Friday, August 2, 2013 | 9:17 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

१९ साउन, सल्यान । वर्षायाममा उर्लेखको खोला तर्न जोसुकैलाई हम्मे पर्छ । त्यसैले यात्रु तारेवापत स्थानीय युवाले तौलअनुसार प्रतिव्यक्ति १ सयदेखि ३ सय रुपैयाँसम्म लिन्छन् । हात समातेर जँघार तारेको न्यूनतम १ सय लिन्छन् । मध्यमलाई २ सय र ८० किलोभन्दा माथिका यात्रुसँग ३ सय लिने नियम छ ।

हिउँदमा उक्त खोलाको जँघार सजिलै तर्न सकिने हुन्छ । तर वर्षायाममा गडगडाएर बग्ने त्यही खोला तर्न मुस्किल हुने भएकाले स्थानीय युवाले यात्रुको बाध्यताको फाइदा उठाउँदै ‘कमाउ धन्दा’ बनाएका हुन् । ‘बगाउने डरले खोलामा खुट्टा हाल्न सकिएन,’ जाजरकोटका पारस वाग्लेले भने, ‘पालो बसेर २ सय तिरेर तरें ।’ करिब १ दर्जन युवाले यसलाई कमाउने धन्दा बनाएको कान्तिपुर दैनिकमा खबर छ । ‘पिठ्यूँमा बोकेर तार्नुपर्छ, जोखिम पनि उत्तिकै हुन्छ,’ यात्रु तार्दै आएका कृष्ण शाहीले भने, ‘यात्रुले दुःख नपाउन भनेर जोखिममा पनि सहयोग गरेका हौं, फाइदा उठाएका होइनौं ।’

वर्षायाम सकिएपछि उनीहरुको धन्दा पनि सकिन्छ । दैीनक ३ देखि ४ सय यात्रु तार्दा १ युवाले प्रतिदिन १० हजार रुपैयाँ सम्म कमाउँदै आएका छन् । ‘गाडीका यात्रु धेरै आएका दिन त्यो भन्दा बढी हुन्छ,’ अर्का युवा तुलाधर विकले भने, ‘तार्ने युवा सबैको आन्दानी १ दिनमै ६० देखि ७० हजारसम्म हुन्छ ।’
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger