''अमेरिका छिर्न खोज्ने १० नेपाली मेक्सिकोमा पक्राउ'' - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » ''अमेरिका छिर्न खोज्ने १० नेपाली मेक्सिकोमा पक्राउ''

''अमेरिका छिर्न खोज्ने १० नेपाली मेक्सिकोमा पक्राउ''

Written By Unknown on Tuesday, July 23, 2013 | 9:38 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
''साउन, ९  काठमाण्डौ - अबैधरुपमा अमेरिका छिर्न खोज्ने १० जना नेपाली मेक्सिको चियापास राज्यबाट पक्राउ परेका छन् ।''

ट्रकमा लुकेर अमेरिका छिर्न खोजेका उनीहरुलाई मेक्सिको प्रहरीले सोमबार राति पक्राउ गरेको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।'

नेपालीसँगै ९ जना बंगलादेशीसहित ९४ जना अबैध आप्रवासीलाई पक्राउ गरिएकोमा समाचारमा उल्लेख छ । ती मध्ये १९ जना एसियाली मुलुकका र अन्य सवै ग्वाटेमाला, एल साल्भाडोर र होण्डुरस लगायतका मुलुकका रहेको बताइएको छ । अध्यागमनमा राखिएको स्कान मेसिनको सहयोगले उनीहरु ट्रकमा लुकेको फेला परेको बताइएको छ ।''

''ट्रकभित्र लुकिरहेका नेपालीसहित अबैध आप्रवासीहरु मेक्सिकोको चियापास प्रहरीको स्कान मेसिनमा यसरी देखिए । तस्वीर सौजन्यः महान्यायाधीवक्ताको कार्यालय/चियापास''

''अधिकारीहरुले उनीहरु निकै अमानवीय अबस्थामा ट्रकमा लुकेर जान लागेको अबस्थामा भेटिएको जनाएका छन् । ग्वाटेमालाबाट अमेरिकातिर लागेका उनीहरुलाई लैजाने ट्रक ड्राभइरलाई प्रहरीले पक्राउ गरेको छ ।''

''ट्रकमा अमानवीय र यातनापूर्ण तरिकाले बसेकाले धेरै जसोको हात र खुट्टामा चोट लागेको र श्वासप्रश्वासमा समस्या भएका कारण कतिपय बिरामी अबस्थामा भेटिएको मेक्सिकोको नेसनल माइग्रेसन इन्स्टिच्यूटले जनाएको छ ।''

''नेपालीहरु भारतीय बाटो हुँदै दलाललाई बिसौं लाख रुपैयाँ बुझाएर अबैध तरिकाले दक्षिणी अमेरिकी मुलुक हुँदै अमेरिका प्रवेश गर्ने तयारीमा थिए । यसअघि पनि अमेरिकामा छिर्न खोज्ने नेपालीहरु मेक्सिकोमा पक्राउ परेका छन् ।'onlainkhabar
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger