विवाहअघि यौनसम्पर्क गर्दा सय कोर्रा - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » विवाहअघि यौनसम्पर्क गर्दा सय कोर्रा

विवाहअघि यौनसम्पर्क गर्दा सय कोर्रा

Written By Unknown on Thursday, July 4, 2013 | 10:50 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

 मालदिभ्सको एक अदालतले विवाहपूर्व यौनसम्पर्क गरेको आरोपमा १५ वर्षे युवतीलाई सय कोर्रा लगाउन आदेश दिएको छ । साथै अदालतले ती युवतीलाई आठ महिना बालगृहमा नजरबन्दमा राख्न आदेश दिएको छ ।
युवतीले गत वर्ष सौतेनी बाबुले आफूमाथि यौनशोषण गरेको र बच्चाको समेत हत्या गरेको उजुरी गरेपछि प्रहरीले छानबिन सुरु गरेको थियो । छानबिनका क्रममा युवतीले पहिलेदेखि नै अर्का पुरुषसँग यौनसम्पर्क गरेको तथ्य प्रहरीले फेला पारेपछि यस्तो सजाय सुनाइएको अदालतका अधिकारीले बताएका छन् ।
बाल न्यायालयकी प्रवक्ता जैमा नासिदले युवतीले आफ्नो इच्छाले कानुनको उल्लंघन गरेकाले उनीविरुद्धको फैसला जायज भएको बताइन् । १८ वर्ष पुगेपछि मात्र उनलाई कोरा लगाइने तर समयअघि नै युवती तयार भएमा उनको इच्छाअनुसार सजाय दिइने उनले स्पष्ट पारिन् । मालदिभ्सको इस्लामिक कानुनअनुसार विवाहअघि यौनसम्पर्क गर्नु गैरकानुनी मानिन्छ । यद्दपि युवतीका पुरुष साथीलाई सजाय दिने नदिनेबारे स्पष्ट पारिएको छैन । युवतीको नाम भने गोप्य राखिएको छ । युवतीमाथि यौनशोषण तथा बच्चाको हत्या गरेको प्रमाणित भए उनका सोतेनी बुबालाई २५ वर्षको जेल सजाय हुनेछ । युवतीलाई यौनसम्पर्क राखेको आरोपमा दिइएको सजायप्रति एमनेस्टी इन्टरनेसनलले आपत्ति जनाउँदै घटनालाई क्रुर, अपमानजनक र अमानवीय बताएको छ । त्यस्तै फैसलाप्रति मालदिभ्स सरकारले समेत असन्तुष्टि व्यक्त गरेको छ ।
यसअघि गत सेप्टेम्बरमा विवाहअघि यौनसम्पर्क राखेको आरोपमा १६ वर्षिया युवतीलाई सार्वजनिकस्थलमा कुटपिट गरिएको थियो भने उनका प्रेमीलाई १० वर्षको कैद सजाय दिइएको थियो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger