किस खाने विधि र अर्थ - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » किस खाने विधि र अर्थ

किस खाने विधि र अर्थ

Written By Unknown on Tuesday, July 9, 2013 | 1:07 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

माया दर्शाउन सर्वाधिक प्रयोगमा आएको विधि हो किसिङ, जसलाई नेपालीमा ‘म्वाइ खाने’ भन्ने गरिन्छ । किसको स्पर्शबाट सायद कोही पनि वञ्चित नहोला । हरेकले जीवनमा कुनै न कुनै व्यक्तिबाट यसको स्पर्श पाएकै हुन्छ, चाहे बाल्य उमेर वा वयस्क हुँदा । यिनीहरुका विभिन्न विधि छन् । शैली र प्रसङ्ग अनुसार तिनका विभिन्न अर्थ पनि । (पिक्चर मा click गरेर भिडिओ पनि हेर्न सक्नु हुन्छ)

फोरहेड किसः
दुई व्यक्तिवीच आपसमा निधार र ओठको माध्यमले गरिने किस हो यो । यसलाई निधारे किस पनि भनिन्छ । साधारणतया, यो किस साधारण मित्रहरुवीच गरिन्छ । खासगरी, पश्चिमेली मुलुकमा व्यावसायिक, राजनीतिक आदि व्यक्तिहरु आपसमा सद्भाव दर्शाउन पनि यस्तो किस आदानप्रदान गर्छन् । कतिपय विपरीत लिंगीवीच अर्थात् अभ अफेयरको सुरुवाती चरणमा पनि यो विधिको किस प्रयोग हुने गर्छ । यसलाई किसको इन्ट्री प्वाइन्ट पनि मान्न सकिन्छ ।

एस्किमो किसः

साना केटाकेटीलाई तिनका अभिभावकहरु जस्तै बाबुआमा, काका,काकी, हजुरबा, हजुरआमा, मामा, माइजु आदि नाताका व्यक्तिहरुले गर्ने किस हो यो । परिवारका साना सदस्यहरुलाई स्नेह, ममता एवं भ्रातृत्व देखाउन यो किस प्रयोग गरिन्छ । यसमा एकजनाले आफ्नो नाकले अर्काको नाक तथा नाकवरिपरिको भागमा रगडेर माया दर्शाउँछन् ।

फ्रेन्च किसः
अहिले विपरीत लिंगीबीच सर्वाधिक प्रचलित र रोमान्टिक किस मानिन्छ यसलाई । यसलाई टङकिस पनि भनिन्छ । यसमा एक व्यक्तिले आफ्नो जिब्रो अर्को व्यक्तिको जिब्रोमा टँसाएर किसको मज्जा लिन्छन् । खासगरी, विपरीत लिंगीवीच यो किसको आदानप्रदान हुने गर्दछ भने कतिपय तेस्रो लिंगीले पनि प्रयोगमा ल्याएका हुन्छन् । यो सेक्सुअल इमोसनल किसिङ पनि हो । खासगरी यौन क्रियाकलापको बेला यो किसको प्रयोग बढी भएको पाइन्छ ।

सिंगल लिप किसः
यस विधिमा एक व्यक्तिले आफ्नो ओठ अर्को व्यक्तिको ओठमा सुस्तरी छुने तथा रगड्ने गर्छ । स्याण्डवीचको शैलीमा एकले आफ्नो दुबै ओठ अर्कोको ओठको माथिल्लो वा तलको कुनै एक भाग वा दुबै भागलाई निकै बेर स्पर्श गर्छ । कतिपयले कोमल तवरले स्पर्श गर्दै रगड्ने गर्छन् । यसलाई स्याण्डबीच किसिङ पनि भन्न मिल्छ । यो पार्टनरप्रति आफ्नो प्रेम ज्यादा छ भनी दर्शाउन तथा यौन उत्तेजना बढाउन प्रयोग भएको पाइन्छ । सही तरिकाले तथा विना डर,संकोचले यो विधिको प्रयोग गरियो भने दुबैजनावीच रोमान्टिक सम्बन्ध अझ प्रगाढ हुन्छ । सेक्सुअल इमोसन पनि तिव्र भएर आउने भुक्तभोगीहरुको अनुभव छ ।

ह्याण्ड किसः


यसमा एकजनाले सुस्तरी आफ्नो हत्केलाले अर्कोको हातको पछाडि (माथिल्लो) भागमा किस गर्दछ । आपसमा आदर, स्नेह तथा दयालुपन देखाउन यो विधिको किस प्रयोग हुने गरेको छ । खासगरी, केटाकेटीले आफ्ना अभिभावकहरुलाई पनि यो किस गर्ने गरेको पाइन्छ । व्यवसायिक, सामाजिक, धार्मिक तथा राजनीतिक जीवनमा पनि यस्तो किसिमको किसको आदान प्रदान हुने गरेको छ ।

इयरलोब किसः

यसमा एकजनाले आफ्नो ओठले अर्को व्यक्तिको कानको लोतीमा तलमाथि गर्दै रगड्ने गर्दछ । ओठसँगै जिब्रोले पनि रगड्ने हो भने यसले थप रोमान्स पैदा गर्दछ । युगल प्रेममा रोमान्टिक क्षण पैदा गर्न यसको प्रयोग हुने गरेको छ । खासगरी, यस किसबाट महिलामा छिटो सेक्सुअल इमोसन आउने अनुभवीहरुको भोगाइ छ ।


बट्टरफ्लाई किसः
 यसमा एकजनाले अर्कोको आँखाको ढकनी -आइल्यास) कतिबेला झिमिक्क हुन्छ भन्दै आँखा-आँखा जुधाउने गरिने विधि हो । कतिपयले यसलाई आई किस पनि भन्छन् । ओठे किस अथवा रोमान्टिक मुडमा पुग्नुअघि गरिने यो किस खासगरी साधारण रमाइलोको लागि मात्र उपयोगी हुन्छ ।

अपसाइड-डाउन किसः
यो किसको सुरुआत स्पाइडरम्यान फिल्मबाट भएको हो । त्यसैले यसलाई स्पाइडरम्यान किस पनि भन्ने गरिन्छ । यसमा एकजनाले आफ्नो निधार हल्का अगाडि एवं तल ढल्काउँदै ओठको तल्लो भागले अर्कोको ओठको माथिल्लो भागमा स्पर्श गर्छ । आपसमा पटकपटक दोहोर्‍याउँदै गरिने यो किसले विपरीत लिंगीवीच रोमान्टिक क्षण पैदा गर्ने बताइन्छ ।


लिङरिङ लिप किसः 

यसमा एकजनाले आफ्नो ओठले अर्को व्यक्तिको सिंंगो ओठमा २० सेकेण्डभन्दा बढी समयसम्म स्पर्श गरिराख्छन् । यसमा जिब्रोको प्रयोग गरिदैंन । गहिरो भावनात्मक प्रेम दर्शाउन यो किस प्रयोगमा आएको हो ।

चीक किसः

यसमा एकजनाले आफ्नो गाला अर्कोको गालामा स्पर्श गरेर माया दर्शाउने गर्छन् । खासगरी, विदाबारी हुने बेलामा यसको प्रयोग भएको पाइन्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger