चरम सुखको विज्ञान - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » चरम सुखको विज्ञान

चरम सुखको विज्ञान

Written By Unknown on Tuesday, May 7, 2013 | 4:03 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
मानव शरीरमा कैयन् प्रकारका हार्मोन श्रावित हुन्छन् जसले व्यक्तिको सम्पूर्ण शारीरिक, मानसिक, भावनात्मक र विकासात्मक गतिविधिलाई प्रभावित एवं नियन्त्रित गर्छ । शारीरिक सम्बन्धका बखत पुरुषमा टेक्सोटेरोन र महिलामा प्रोजेस्टेरोन हार्मोनको श्राव बढ्छ जसले कैयन् शारीरिक क्षणलाई प्रकट गर्छ । यिनै हार्मोन्सले युवा अवस्थाका लक्षणलाई पनि प्रकट गर्छन् ।

चरम सुख अर्थात् आर्गेज्म शब्दको उत्पत्ति गि्रक शब्द आर्गाजोमबाट भएको हो जसको अर्थ हुन्छ कामुकताबाट फुल्नु । विज्ञानको भाषामा भन्ने हो भने आर्गेज्म शारीरिक उत्तेजनाद्वारा यौन इच्छाको शीर्षमा एक विस्फोटक, न्यूरोमस्कुलर र तन्त्रिका एवं मांसपेशी सम्मिलित रेस्पोन्सका रूपमा प्रकट हुन्छ । महिलाको योनीको लयात्मक संकुचनका साथमा आनन्दको अनुभूति र पुरुषमा स्खलनपश्चात् सन्तुष्टिका रूपमा दृष्टिगत हुन्छ । यौन सम्बन्धमा सहभागी हुनेबित्तिकै महिला यौन अवस्थामा प्रवेश गर्छिन् जसमा उनी यौन उत्तेजनाको तरंगलाई स्वीकार गर्न तत्पर हुन्छिन् । जसका कारण मस्तिष्कमा भएको सेक्स सेन्टर पनि सक्रिय हुन्छ र त्यहाँबाट आवेगको आनन्ददायी लहर सम्पूर्ण शरीरमा तरंगित हुनथाल्छ । जनांगसम्म यो आवेग आउनाले त्यहाँ रक्तसञ्चार तीव्र हुन पुग्छ जुन महिलाको योनीमा स्निग्धता र पुरुषमा लिंगोत्थानका रूपमा देखा पर्छ । त्यसपछि उत्तेजना निरन्तर बढ्दै जान्छ र चरम सुखसम्म पुगेर आर्गेज्मको अवस्था प्राप्त हुन्छ । यो अवस्थामा आँखाको पुतली फैलने, स्तनको निप्पल कडा हुने, शरीरमा सुखमय लहर प्रवाहित हुनेजस्ता शारीरिक लक्षण देखा पर्छन् । यद्यपि यी लक्षणलाई खोज्ने प्रयास गरे सम्बन्ध कामका रूपमा रहन पुग्छ र सुखमा कमी आउने सम्भावना हुन्छ ।
स्त्री आर्गेज्मलाई खासगरी तीन रूपमा बाँडिएको पाइन्छ- क्लाइटोरल आर्गेज्म, वेजाइनल आर्गेज्म र ब्लेन्डेड आर्गेज्म । केही विशेषज्ञ भने जी-स्पटको उद्दिपनलाई पनि आर्गेज्मका लागि महत्त्वपूर्ण मान्छन् । सम्बन्धका बखत जब क्लाइटोरिस वा भगनसा उत्तेजित हुन्छ तब क्लाइटोरल आर्गेज्म प्राप्त हुन्छ । यदि योनीको घषर् णबाट आर्गेज्म प्राप्त हुन्छ भने त्यसलाई वेजाइनल आर्गेज्म भनिन्छ । आर्गेज्ममा यी दुवै तत्त्वको उपस्थिति छ भने त्यसलाई ब्लेन्डेड आर्गेज्म भनिन्छ । चरम सुखमा पुगेर पनि स्त्रीको योनीमा कुनै प्रकारको संकुचन महसुस नहुन सक्छ, यो अवस्थाको अनुभूति भने
मस्तिष्कमा हुन्छ । केही महिला भने आफ्नो पार्टनरलाई प्रसन्न देख्न आर्गेज्मको अनुभूति भएको मिथ्या प्रदर्शन पनि गर्छन् ।
आर्गेज्ममा औषधीले पनि प्रभाव पार्छ । हृदयरोग र उच्च रक्तचापबाट ग्रस्त महिलाहरू आर्गेज्मको अनुभव गर्न सक्दैनन् । सुखद आर्गेज्म अनुभव गर्न फिमेल वियाग्राजस्ता औषधी बजारमा उपलब्ध छन् तर विशेषज्ञहरू यसलाई सुरक्षित भने मान्दैनन् । यसैगरी चाइनिज जडीबुटी र जिनसेंग आदि युक्त हर्बल औषधी पनि प्रयोग गर्नु हुँदैन, किनभने महिलामा तिनको परीक्षण गरिएको पाइँदैन ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger