हट पोज, अवसर खोज - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » हट पोज, अवसर खोज

हट पोज, अवसर खोज

Written By Unknown on Friday, May 17, 2013 | 10:33 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
गर्मी बढिरहेको छ। युवतीका पहिरन खुल्दै र छोट्टिँदै गएका छन्। फेशनको शहर भनिने पोखरामा यतिबेला खुला पहिरनमा हट फोटो सेसन गर्नेहरू बढेका छन्। तालमा होस् वा स्विमिङ पुलमा, डाँडामा होस् वा चौरमा, गर्मी झल्काउने पहिरनमा युवतीहरूको फोटो खिच्न ग्ल्यामर फोटोग्राफर व्यस्त छन्। मोडलिङको बढ्दो चहलपहलले फेशनेबल युवतीहरू फोटो सेसनप्रति निकै आकर्षित छन्। यो मौसममा फेवाताल तथा स्विमिङ पुलमा फोटो सेसन गर्नेहरू बढी छन्। तस्बिर हेरेरै फिल्मदेखि म्युजिक भिडियोमा अफर आउने लहरले युवतीहरूलाई फोटो सेसन गर्न उक्साएको छ।
ग्ल्यामरस फोटा सेसन गर्न युवायुवतीबीच प्रतिस्पर्धा नै चलेको छ। अझ युवतीमाझ ‘उसले भन्दा हट पोज मैले किन नदिने?’ भन्ने मानसिकता बन्दै गइरहेको छ। ‘मोडलिङलाई करिअर बनाउन यो एउटा खुड्किलो भएकाले पनि मैले फोटो सुट गर्ने गरेको हुँ,’ मोडल दीपा कार्की भन्छिन्, ‘ग्ल्यामरको होडबाजी छ। कोभन्दा को कम भएकाले ग्ल्यामरस पोज त दिनैपर्‍यो नि।’
फोटो सेसन मोडलिङ क्षेत्रमा लाग्न चाहनेका लागि पहिलो खुट्किलो बनेको छ। नयाँ–नयाँ अनुहार ग्ल्यामरस पोज दिन निकै आतुर छन्। चिटिक्क परेको बडी फिगर र क्षमता भएकालाई यस क्षेत्रमा अवसर पनि छन्। फोटोजेनिक अनुहारको बजार पनि राम्रै छ। उनीहरूले फिल्म, म्युजिक भिडियो, विज्ञापन आदिमा अभिनय तथा मोडलिङ गर्ने अवसर धमाधम पाउन थालेका छन्। त्यसैले फोटो सेसनप्रति युवतीहरू आकर्षित छन्। ‘एक्सपोज नभएपछि को मोडल कस्तो छ, थाहै हुँदैन,’ मोडल सपना गुरुङ भन्छिन्, ‘पत्रिका वा वेबसाइटका लागि फोटो सेसन गर्नैपर्छ। अझ ग्ल्यामरस पोजमा त सबैका आँखा परिहाल्छन्।’ केही वर्षपहिले पोखराको एक वेबसाइटमा फोटो सेसन गराएपछि उनलाई चिन्नेहरू निकै छन्। त्यसपछि उनले थुप्रै म्युजिक भिडियो, फिल्ममा समेत अभिनय र मोडलिङ गरिसकेकी छिन्।

अवसर पाइने र लोकप्रिय हुने भएपछि मोडलिङको संसारमा रमाउन चाहने युवती बढेका छन्। फोटो सेसनपछि नै मोडलहरूले विभिन्न अवसर पाउने गरेका छन्। उनीहरूका रहर पूरा गर्ने काम गरेका छन्, पोखराका फेसन वेबसाइट र ग्ल्यामर फोटोग्राफरहरूले। जक्सन डट कम, पोखरासिटी डट कम, लभ्ली पोखरा डट कम, कस्तो रमाइलो डट कम, पोखराफेस डट कम, ठीकठाक डट कम, रमाइलो पोखरा डट कम, मस्ती छ डट कम, पोखरा टुडे डट कम आदि साइटहरू मोडलको फोटो सेसन गरेर नै चर्चामा आएका हुन्। ‘गर्मीमा फाटो सेसन गराउन आउनेहरूको भीड बढेको छ,’ जक्सन डट कमका फोटोग्राफर भूपालकुमार गुरुङ भन्छन्, ‘युवतीहरू मोडलिङसँगै म्युजिक भिडियो र फिल्ममा अवसर खोज्न फोटो सेसन गराउँछन्।’
केही युवतीले भने सस्तो लोकप्रियताका लागि मात्रै तस्बिर खिचाएको पाइन्छ। मोडलिङमै जम्छु भन्ने सोच उनीहरूमा कमै हुन्छ। फोटो सेसन गर्नेहरूले कामुकतालाई पनि बढी जोड दिएको पाइन्छ। वेबसाइटहरूले पनि आफ्नो व्यवसाय प्रवर्द्धन गर्न फोटो सेसन गराउन दौडधूप बढी गर्ने गरेका छन्। ‘सबैको ध्यान मोडलमै पर्छ, त्यसैले होला आजभोलि फोटो सेसनको प्रतिस्पर्धा छ,’ पोखरासिटी डट कमका फोटोग्राफर रवि श्रेष्ठ भन्छन्, ‘केही युवती भने लोकप्रियता र रहरले फोटो सेसन गराउँछन्।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger