नाङ्लो ठटाउँदैमा हात्ती तर्सिँदैन : प्रचण्ड - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » नाङ्लो ठटाउँदैमा हात्ती तर्सिँदैन : प्रचण्ड

नाङ्लो ठटाउँदैमा हात्ती तर्सिँदैन : प्रचण्ड

Written By Unknown on Tuesday, January 22, 2013 | 4:53 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी तथा प्रतिगामीहरुले एमाओवादीलाई सिध्याउन षड्यन्त्र गरिरहेको आरोप लगाउनु भएको छ । प्रचण्डले एमाओवादीलाई चौतर्फी घेराबन्दीमा पार्ने र सिध्याउने षड्यन्त्र स्वरुप प्रतिक्रियावादीहरुबाट द्वन्द्वकालका घटनालाई कोट्याउँदै शान्ति प्रक्रिया भाँड्न खोजिएको  बताउनुभयो ।  उहाँले आफ्नो पार्टीको नेतृत्वमा सरकार भइरहेको बेला बेलायतमा नेपाली सेनाको अधिकृतलाई पक्राउ गर्नु र दैलेखमा डेकेन्द्रराज थापा घटनाका आरोपीलाई पक्राउ गर्नु गम्भीर षड्यन्त्र गर्न लागिएको  बताउनुभयो ।

एमाओवादी ताप्लेजुङको एकताको प्रथम जिल्ला सम्मेलनको सदरमुकाम फुङ्लिङमा उद्घाटन गर्दै उहाँले प्रतिक्रियावादीहरुले जनयुद्ध ताका आफूहरुलाई सिध्याउन टाउँकाको मोल ५० लाख रुपियाँसम्म तोके पनि नडराइकन झण्डै १८ सय वर्ष पुरानो राजतन्त्र र अढाई सय वर्षे शाही राजतन्त्रको अन्त्य गर्न निरन्तर क्रान्तिमा लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो,’द्वन्द्वकालको घटनालाई लिएर विस्तृत शान्ति सम्झौता भाँडिनेखालको गतिविधि हुँदैछ, माओवादीलाई सिध्याउन यसो गरिँदै छ तर नाङ्लो ठटाउँदैमा हात्ती तर्सिँदैन । ‘

“उहाँले एमाआवादी सबैभन्दा ठूलो दल भएको नाताले अन्य दलहरुसँग सहमतिको पहल भइरहेको छ, अबको दुई/तीन दिनभित्रै सहमति जुटे जेठभित्रै निर्वाचन सम्भव भएको पनि बताउनुभयो ।

जेठमा चुनाव हुन्छ : प्रधानमन्त्री

यस्तै पार्टीका उपाध्यक्ष तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी जेठ दोस्रो साताभित्र पुनः संविधानसभाको निर्वाचन हुने बताउनुभएको छ । प्रधानमन्त्री भट्टराईले निर्वाचनका लागि अन्य सवै दलहरुसँग सहमतिको पहल भइरहेको बताउनुभयो । जेठभित्रै निर्वाचन गर्न राष्ट्रिय सहमतिको सरकार हुनुपर्ने हुँदा त्यसका लागि आफू संबैधानिक प्रधानमन्त्री भएको हैसियतले राष्ट्रिय सहमतिको सरकार गठन गर्न प्रयत्नशील रहेको र चाँडै सहमति जुट्नेमा विश्वस्त रहेको पनि उहाँले बताउनुभयो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger